भारतले आफ्ना नागरिकलाई ३ महिनासम्म नि : शुल्क खाद्यान्न दिने



काठमाडौं : भारतले आफ्ना ८० करोड नागरिकलाई ३ महिनासम्म नि : शुल्क चामल, गहुँ र दाल दिने भएको छ ।

५ किलो चामल वा गहुँमध्ये एक-एक किलो दाल ३ महिनासम्म नि : शुल्क दिने भारतले घोषणा गरेको हो । कोरानो भाइरसको संक्रमितलाई ५० लाख रुपैयाँको बीमाको घोषणासमेत गरेको छ ।

प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतले यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, भारतले ८ करोड ६९ लाख किसानलाई लागि अप्रिलको पहिलो हप्ता जनही २ हजार रुपैयाँ दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्