प्रधानमन्त्री ज्यू ५० करोडले कोरोना विरुद्ध लड्न सकिएला ?(भिडियोसहित)



काठमाडौँ– भ्रष्टाचारी विरोधी अभियानता एवंम ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका संयोजक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० करोडले कोरोनाका विरुद्ध लड्न नसकिने भन्दै सन्देश लेखेका छन् ।

संयोजक शाहीले सामाजिक सञ्जाल फेसबुक मार्फत आपतको बेला सरकारी ढुकुटी जम्मा गर्ने समय नभएको पनि बताएका छन् ।

यस्तो छ उनले लेखेको स्टाट्सः
‘सम्माननिय प्रधानमन्त्री ज्यू १५ खर्ब ३२ अर्ब भन्दा बढी बजेट भएको हाम्रो मुलुकमा ५० करोड ले कोरोना का विरुद्ध लड्न सकिएला, कोरोनाको उपचारमा जाने स्वाथकर्मीले उपकरण छैन भनिरहेका छन अनि डिउटीमा खटिएका राष्ट्रसेवक प्रहरी ,सेनालाई उचित किसिमको सेवा सुविधा छैन, नत लगाउने माक्र्स छ न त उचित किसिमको पोशाक । बजेट बढाउनु होस । यो आपतको बेला हो सरकारी ढुकुटी जम्मा गर्ने समय होईन प्रधानमन्त्री ज्यु।।

तयसअघि उनले प्रधानमन्त्रीलाई यही अवस्थाले कोरोना विरुद्धको लडाईंले पार पाउँदैन धेरै अस्पतालमा उपकरण खै ? प्रश्न पनि गरेका थिए । सड्कमा किट्नाश्क औषधि नछरिएकोमा पनि उनले प्रश्न उठाएका थिए ।

चीनको वुहान सहरबाट शुरु भएको कोरोभाइरसका कारण १ सय ९८ देश र भूभागहरू प्रभावित भएका छन् । संक्रमितको संख्या ४ लाख ७९ हजार ७ सय ४२ पुगेको छ भने मृत्यु हुनेको संख्या २१ हजार ५ सय ६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्