कोरोना संक्रमितको उपचार गर्दागर्दै आफूलाई पनि कोरोना लागेपछि एक नर्सले गरिन् आत्महत्या



एजेन्सी : कोरोना संक्रमितको उपचारमा संलग्न रहेकी एक नर्सले आत्महत्या गरेकी छन् ।

इटालीको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र लोम्बार्दी क्षेत्रको मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे खटिएकी ३४ वर्षीया डेनिला ट्रेज्जीले आफू पनि कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी हुन् ।

बेलायतको एक पत्रिका टेलिग्राफको अनुसार उनी उक्त क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीसहित खटिएकी थिइन् ।

आत्महत्या गर्नुअघि उनले लेखेकी छन्, ‘कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित हुन पुगेँ। अब अरु मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन, त्यसैले अरु धेरैको जीवन बचाउँन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु ।’

प्रतिक्रिया दिनुहोस्