चौधरी फाउन्डेसनद्वारा वीर र टेकु अस्पताललाई पीपीई हस्तान्तरण



काठमाडौं : चौधरी फाउन्डेसनले आज (बिहीबार) वीर अस्पताल र टेकु अस्पताललाई संक्रमितको उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा कवच (पीपीई) हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई पनि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । पीपीईका लागि देशभरबाट फोन आइरहेको समेत फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले बताएका छन् ।

उनले लकडाउनका कारण सुरक्षा र उपचार सामग्री बोकेका सवारी साधन निर्वाध सञ्चालन हुन नसकिरहेको भन्दै समस्याकाबीच पनि फाउन्डेसनको टिम काममा लागि परेको बताए । उनले परराष्ट्र मन्त्रालयमार्फत् भारत सरकारसँग पीपीई लगायतका समाग्री आयतका लागि पहल भइरहेको जनाएका छन् ।

फाउन्डेसनले पीपीईको माग बढेको भन्दै तीन हेल्पलाइन नं.समेत थपेको छ । पीपीई लगायतका सामग्री आवश्यक परे अभिषेककुमार आचार्य (९८५११०८८५५०), खुश्बु शाक्य (९८४३५८८७३९०), सुप्रिया देव (९८४३३३९८८५० ) लाई सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्