वडाअध्यक्ष साहले सहज रुपमा उपलब्ध गराए आलु र प्याज



जनकपुरधाम– कोरोना भाइरस संक्रमणबाट अहिले विश्व नै आक्रान्त रहेको अबस्थामा सर्वसाधारणहरु खाद्यान्न अभाव समेत झेलिरहेका छन् ।

यसै समस्यालाई दृष्टिगत गर्दै जनकपुरधाममा एक वडाध्यक्षले आफ्नो वडावासीलाई सहजरुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले आफ्ना वडावासीलाई आज (बिहीबार) दैनिक उपभोग्य वस्तु सहज रुपमा बजार मूल्यमा नै उपलब्ध गराएका छन् ।

वडाअध्यक्ष साहले आफ्नो वडाका १८ सय घरधुरीलाई प्रति घर ५ किलो आलु २ किलो प्याज र एक प्याकेट नून उपलब्ध गराएको वडाध्यक्ष जानकीराम साहले बताए । उनले निर्धा्रित बजार मुल्य आलु प्रतिकिलो ३५,प्याज प्रतिकिलो ४५ रुपैयाँ र नून २० रुपैयाँ प्याकेटको दरले सबैलाई उपलब्ध गराएका छन् ।

वडा नम्बर–७ का आम उपभोक्तालाई जानकी नगरस्थित जानकी पतंजलि योग साधना केन्द्रमा बोलाई ८ फिटको सामाजिक दुरि कायम गरि पंक्तिबद्ध तरिकाले व्यवस्थित रुपमा आलु र प्याज वितरण गरिएको हो ।

वडाअध्यक्ष साहले आज कोहि छुटेको खण्डमा भोली पुनः व्यवस्थापन गर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्