लकडाउनले छोएन इँट्टाभट्टालाई : कोरोना संक्रमणको जोखिममा मजदुर


काठमाडौं : विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत तीन दिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनले यतिखेर देश ठप्प छ । गतिविधि शून्य छन् । तर, भक्तपुरका इँट्टाभट्टा भने अझै चलायमान छन् । यहाँ सरकारको लकडाउनको कुनै असर परेको छैन । नियमित मजदुर काममा खटिरहेका छन् । साँझ नपर्दै मजदुरको भीडभाड एकै ठाउँमा हुन्छ ।

भक्तपुरमा ६२ वटा इँट्टाभट्टा सञ्चालनमा छन् । आजसम्म कुनै इँट्टाभट्टा बन्द छैनन् । सबै भट्टामा अरु बेला जस्तै मजदुर नियमित काम गरिरहेका छन् । इँट्टाभट्टा सञ्चालकको दैनिकी फेरियो तर यहाँ कार्यरत करिब २० हजार मजदुरको दैनिकी भने उस्तै छ ।

चाँगुनारायण नगरपालिकाका–९ ताथलीस्थित इँटाभट्टामा काम गर्ने काभ्रे भकुण्डेबेँसीकी सन्तमाया विकको दैनिकी उस्तै छ । उनलाई अहिले बनाएको इँट्टा सुकाउने, चाङ लगाउने र थन्क्याउने चटारो छ । उनलाई सरकारले गरेको लकडाउनबारे थाहा छैन । उनले भने– “खै बाहिर सरकारले बन्द ग¥या छरे भन्छन्, यता त बन्द छैन, हामी सधैँ काम गरिरहेका छौँ, छिटो काम सकेर घर जान पाए हुन्थ्यो ।”

ताथलीकै अर्को इँट्टाभट्टामा काम गर्ने रामेछापका सन्ते तामाङले सरकारले सबैतिर बन्द गरेको छरे भन्ने सुनेको बताउँदै गाउँमा मकै छर्ने, खेतीपाती गर्ने बेला भएकाले गाउँ फर्कन पाए सहज हुने बताए ।

“शुक्रबार बजार जाने ग¥याथ्यौँ, अब त बन्द भयो रे, यहाँको बजार भनेकै भट्टी हो, त्यो चलेकै छ, रक्सी खाएपछि कहिलेकाँही झगडा भइहाल्छ”, उनले भने । इँट्टाभट्टामा महिला, बालबालिकालाई ज्वरो आउनु, खोकी लाग्नु सामान्य भए पनि एकपटक सबै मजदुरको स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाइदिए ढुक्क हुने उनले बताए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्ना नगरपालिकाभित्रका इँट्टाभट्टा सञ्चालकलाई भट्टाका काम बन्द गर्न र मजदुरलाई कोरोना सङ्क्रमणबाट जोगाउन गरेको आग्रह अटेर गरेको बताए । इँट्टाभट्टामा बाहिरबाट आउने मान्छेको सम्पर्क भइरहने, भीडभाड भइरहने र सरसफाइमा ध्यान नदिने भएकाले उनीहरु कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उनको भनाइ थियो ।

“भक्तपुरका इँट्टाभट्टामा मजदुरले काम गरिरहेका छन्, भीडभाड र भेला सधैँ हुन्छ, भट्टी पसलमा सधैँ बाक्लो जमघट हुन्छ, बेलाबेलामा झगडा हुने गरेको गुनासो आउँछ”, नगरप्रमुख मिश्रले भने, “इँट्टाभट्टा सञ्चालकलाई काम बन्द गर्न र सुरक्षा अपनाउन भनिसके, अटेर गरेका छन्, यसबारेमा मन्त्रालयमा पनि भनिसकेँ, भक्तपुरका सिडिओलाई पनि पटक पटक भनिसकेँ कसैले चासै दिँदैनन् ।”

यता प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने व्यवसायीलाई काम बन्द गरेर मजदुर घर फर्काउने व्यवस्था गर्न निर्देशन दिएको बताए । भक्तपुर इँट्टा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्बाले आठ दिनदेखि नयाँ इँट्टा बनाउने काम बन्द गरेको बताउँदै अब सबै इँट्टाभट्टा बन्द गर्ने तयारी गरेको बताए ।

उनले भने, “सिडिओले मजदुरलाई घर पठाउन पास बनाइदिने भन्नुभएको, इँट्टाभट्टा बन्द गर्ने निर्णयमा पुग्यौँ, अहिलेको विषम परिस्थितिमा राज्यले गरेको निर्णयलाई नमान्ने कुरा भएन, अब १० दिनभित्र इँट्टा पोल्न बन्द गर्छौं ।”

उनीहरु घर नगएसम्म काम नदिँदा बरालिएर बजार जाने भएकाले बजार जान रोक्न पनि काममा लगाउन बाध्य भएको बताउँदै उनले अहिले बनाइसकेको इँट्टा व्यवस्थापनमा लागेको जानकारी दिए । जेठ २० गते भट्टामा आगो बन्द गर्ने पुरानो निर्णय भए पनि अहिलेको अवस्थामा मजदुरलाई गाडीमा हालेर घरघर पठाउने र १० दिनभित्र सबै भट्टाको आगो बन्द गर्ने तयारी गरेको अध्यक्ष ह्याम्बाले बताए।

इँट्टाभट्टामा महिला तथा बालबालिकाका लागि काम गर्ने भन्दै आएका एनजिओ, आइएनजिओ यतिखेर भने गायब भएका छन् । इँट्टाभट्टामा मजदुर बिरामी भइरहेको अहिलेको समयमा उनीहरुको स्वास्थ्य परीक्षण गरेर घर फर्काउनेबारे भने कसैले चासो नदिएको मजदुरको गुनासो छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।

काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त

सिरहा : सिरहामा थप पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित सिरहामा अहिलेसम्म

रौतहट : मंगलबार रौतहटमा तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– सरकारको गलत सोच र निर्णयमाथि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा