लकडाउन कार्यान्वयन नभएपछि स्थानीयद्धारा सडक जाम



जनकपुरधाम– सरकारले देशभरि कोरोना भाईरसको संक्रमनबाट बच्न लकडाउन गरेको अबस्थामा यसको कार्यान्वयन नभएपछि स्थानीयवासीले गाउँको मुख्य सडकनै अवरुद्ध गरेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर–२ का स्थानीयवासीहरुले लकडाउन कार्यान्वयन हुनुपर्ने माग गर्दै आज (बिहीबार) बिहान सडकमा बाँसले घेरेर सडक अवरुद्ध गरेका छन् । ग्रामिण बस्तीमा अहिलेपनि लकडाउन पुर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन् । गाउँमा आवत जावत नरुकेपछी आफुहरु बाध्य भएर सडक बन्द गरेको स्थानीय करण महतोले बताए ।

विश्वभरी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले चैत ११ गते देखि चैत १८ गतेसम्म देशभरी लकडाउन गरेको छ । नेपालमा हालसम्म तीन जना कोरोना संक्रमित भेटिएकोले लकडाउनमा सरकारले कडाई गरेको हो ।

लकडाउनको उल्लंघन गर्नेहरु दिनहुँ पक्राउ परिरहेका छन् भने सयौं सवारी साधनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो । लकडाउनको उल्लंघन गरेपछि सरकारले अहिले प्रदेश २ को आठवटै जिल्लामा नेपाली सेना समेत परिचालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्