भारतले कोरोना संकटपछि घोषणा गर्‍यो १७ खर्बको राहत प्योकज



एजेन्सी : भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज देशका गरिब, मजदुर, कर्मचारीका लागि १७ खर्ब भारुको राहत प्याकेज घोषणा गरेकी छन् । यसमार्फत भारतीय सरकारले देशका करोडौं जनताका लागि सहायता राशि घोषणा गरेको हो ।

अर्थमन्त्री तथा अर्थ राज्य मन्त्री अनुराग ठाकुरले बिहीबार उक्त राहत प्याकेज घोषणा गरेका थिए । जसले कोरोना भाइरसको संकटमा गुज्रिरहेको भारतको अर्थव्यवस्था र देशका जनताका लागि राहत पुग्नेछ ।

प्रधानमन्त्री किसान सम्मान निधि कार्यक्रम अन्तर्गत अप्रिल महिनाको पहिलो हप्तादेखि दुई हजार भारु किसानको खातामा जम्मा गरिने अर्थमन्त्री सीतारमणले बताएकी छन् । यो कार्यक्रम अन्तर्गत ८.७ करोड किसानलाई उक्त रकम प्रदान गरिनेछ ।

यसैगरी, उज्जवला परियोजनाअन्तर्गत ८ करोड परिवारलाई अबको तीन महिना निशुल्क ग्यास वितरण गर्ने अर्थमन्त्री सीतारमणले उल्लेख गरेकी छन् ।

अर्थमन्त्री सीतारमणका अनुसार वृद्धवृद्धा, गरिब, विधवा आदिलाई अबको तीन महिनासम्म १ हजार भारु सहयोग गरिनेछ । यो रकम दुई किस्तामा दिइने र ३ करोड जनता यो परियोजनाबाट लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्