अत्यावश्यक खाद्य वस्तु ‘होम डेलिभरी’का लागि गृहमन्त्रालयले दियो ६ बुँदे निर्देशन



काठमाडौं : अत्यावश्यक खाद्य वस्तु ‘होम डेलिभरी’का लागि गृहमन्त्रालयले ६ बुँदे निर्देशन दिएको छ ।

बिहीबार गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकाभित्र रहेको अत्यावश्यक खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउन सबै स्टोर एवम् बिक्रेताहरुलाई ६ बुँदे निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशन अनुसार सबै स्टोर एवम् बिक्रेताहरुले आ आफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

बैठकले आवश्यक पर्ने डेलिभरी भ्यानको लागि सवारी पासको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने निर्णय गरेको छ ।

यस्तो छ गृहको निर्देशन :

प्रतिक्रिया दिनुहोस्