कोरोनाविरुद्ध लड्न कपिल शर्माले दिए ५० लाख



एजेन्सी : भारतीय कमेडियन कपिल शर्माले प्रधानमन्त्री राहत कोषको लागि ५० लाख भारु सहायता प्रदान गरेका छन् ।

कोरोना भाइरसका कारण पूरै देश २१ दिन सम्म लकडाउन भएपछि सबैभन्दा बढी मारमा परेका मजदुरका लागि कपिल शर्माले उक्त रकम सहयोग गरेका हुन् ।

गरिब र मजदुरका लागि बलिउडका विभिन्न कलाकारले पनि सहयोगको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा कपिल शर्माले सहयोगको घोषणा गर्दै लेखेका छन्, यो समय ति व्यक्तिहरुलाई साथ दिने समय हो जसलाई हाम्रो आवश्यकता छ । कोरोनाभाइरससँग लड्नको लागि प्रधानमन्त्री राहत कोषमा ५० लाख प्रदान गर्दैछु । तपाईंहरु सबैसँग यहि अनुरोध छ, सुरक्षित रहनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्