अब धरान, पोखरा र नेपालगञ्जमा पनि कोरोना भाइरस परीक्षण हुने



काठमाडौं : सरकारले प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरामा कोभिड–१९ भाइरस परीक्षणको सुरुवात गर्न थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसका लागि प्रविधिक टोली समेत पठाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए । देशका सातै प्रदेशमा कोरोना जाँच गर्ने व्यवस्था मिलाउने योजना बनाइए पनि हाल भने तीन स्थानमा मात्र व्यवस्था गरिएको निर्देशक पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्