अत्यावश्यक समान खरिद गर्न प्रशासनले तोकेको स्थानमा पुग्न दिएन प्रहरी



विरगन्ज : सरकारले अत्यावश्यक वस्तु खरिद विक्रीमा कुनै प्रकारको रोक नलाग्ने गरी देशभरी ‘लकडाउन’ घोषणा गरेको छ ।

जनतालाई अत्यावश्यक चाहिने खाद्यन्न, पेट्रोपम्प, ग्यास, नुन, तेल, औषधी, तरकारी तथा फलफूल विक्री वितरणमा रोक लगाएको छैन ।

भिडभाड नगरी चाहिने वस्तु, खाद्यान्न, औषधी, तरकारी तथा फलफूल लगायत दैनिक उपभोग्य वस्तु पसलमा गएर सहज रुपमा किनमेन गर्न सकिने भएको छ । तर सरकारले ‘लकडाउन’ घोषणा गरेको दिन अर्थात चैत ११ गते बिहान ६ बजेदेखि नै ‘लकडाउन’को पालना गराउन स्थानिय प्रहरी प्रशासन सक्रिय रुपमा लागेको छ ।

तर प्रहरीले घरबाट निस्कनेलाई धपाएर घर बाहिर निस्कन दिएका छैनन् । दैनिक ज्यालादारी गर्नेको अवस्था अहिले दयिनिय बानेको छ । सरकारले ‘लकडाउन’ को घोषणा गर्यो तर जिल्ला प्रशासन कार्यालय र प्रहरीको समन्वय नहुँदा दैनिक उपभोग्य वस्तुको किनमेल गर्न पनि गर्हो हुन थालेको छ ।

औषधी किनमेल गर्नसमेत समस्या उत्पन्न भएको छ । डाक्टर वा अस्पतालको पुर्जा देखाउँदा पनि प्रहरीले औषधी किनमेल गर्न नदिएको बताइएको छ । स्थानिय मनोज शर्माले भने,‘हार्टको लागि औषधी सकिएको रहेछ, पुर्जा लिएर एडभान्स मेडिकल विर्ता तिर गईरहेका थिए तर प्रहरीले घण्टाघर पार गर्न दिएन’ । मेडिकलको रिपोर्ट र औषधी लेखेको पुर्जा देखाउँदासमेत प्रहरी मानेन, उल्टै मेरो बाईक खोरेर राखियो र ३ किलोमिटर हिडेर औषधी किन्न पठाईएको उनको गुनासो छ ।

अत्यावश्यक वस्तु खरीद विक्रिमा कुनै रोक छैन तर प्रहरीले तरकारीसमेत किन्न नदिएको स्थानिय नगवासीको गुनासो छ । स्थानिय अशोक पटेलले भने, ‘दैनिक उपभोग गर्न घरको लागि चाहिने अत्यावश्यक समाग्रीहरुसमेत किनमेल गर्न पाएको छैन, प्रहरीले न त पसल नै खोल्न दिएको छ त घरबाट बाहिर निस्कन दिएको छ, कोरोना भाइरसबाट पछि मर्छौ त्यो भन्दा पहिला भोगभोकै मर्नुपर्ने अवस्था आउँछ भन्न सकिदैन’

सरकारले ‘लकडाउन’ को घोषणालाई स्थानिय प्रहरीले पालना गराउन मानवतालाई बिर्सेको उनको गुनासो छ । सरकारले पनि ‘लकडाउन’ को बेला अत्यावश्यक वस्तु खरीद व्रिकीमा कुनै रोक नलगाएको जनाउँदै आएको छ । तर प्रहरीले मनोमानी रुपमा काम गरिरहेको स्थानियले आरोप लगाएका छन् ।

वीरगन्ज महानगरपालिकामा तरकारी फलफूल र खाद्यान्न खरिदका लागि घरबाट निस्कन दिने स्थानिय प्रशासनले घोषणा गरेको छ । तरकारी र फलफूल खरिद गर्न बिहान र खाद्यान्न खरिदका लागि दिउँसोको समय छुट्याइएको पर्सा प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्