विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २२ हजार पुग्यो



काठमाडौं : विशवभर फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २२ हजार २६ पुगेको छ। अहिलेसम्म यो भाइरसबाट ४ लाख ८७ हजार ४३४ मानिस संक्रमित भइसकेका छन्। यो भाइरसको संक्रमणमा परेका एक लाख १७ हजार ५६४ मानिस ठीक भएका छन्।

यो भाइरस विश्‍वका १९५ देशमा पुगेको छ। भारतका एक अर्ब ३० करोड, नेपालका ३ करोड र इटालीका ६ करोडसहित करिब २ अर्ब जनसंख्या अहिले घरमै बन्दी भएको छ।

प्रतिक्रिया दिनुहोस्