टी-ट्वान्टी विश्वकपको एसिया छनोट खेल स्थगित



काठमाडौं : नेपालले सहभागिता जनाउने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको एसिया छनोट  ‘बी’ प्रतियोगिता स्थगित भएको छ । कोरोना भाईरसको कारण नेपालले खेल्ने एसिया छनोट स्थगित भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार एक विज्ञप्ति निकाल्दै आगामी जुन २६ देखी जुलाई २ सम्म मलेसियामा हुने छनोट अनिश्चित कालका लागि स्थगित भएको जनाएको छ ।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, म्यानमार र थाइल्याण्ड रहेका थिए । यस्तै आईसीसीले कोरोनाको कारण देखाउदै आगामी जुन ३० अघि सार्वजनिक भएका सबै प्रतियोगिता स्थगित भएको समेत जनाएको छ ।

आईसीसीको निर्णयसँगै नेपालले खेल्ने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको दुई सिरिज समेत स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्