पूर्ण ‘लकडाउन’ वीरगन्ज शहरमा, आशिंक प्रभाव ग्रामिण भेगमा



वीरगन्ज : कोरोनाभाइरस (कोभिन–१९) लाई नियन्त्रण गर्न सरकारले लागू गरेको ‘लकडाउन’ तेश्रो दिन पनि वीरगन्ज शहर सुनसान देखियो । ‘लकडाउन’ निर्देशनलाई पालना गराउँन स्थानिय प्रहरीले थप कडाईका साथ प्रस्तुत भइरहेका छन । चोक चोकमा नेपाल प्रहरी सहित सशस्त्र प्रहरीलाई व्यापक रुपमा परिचालन गरिएको छ ।

नेपाली सेना समेत ‘लकडाउन’ पालना गराउन निगरानी बढाएको छ । गाडीमा सवार सेनाले नगरमा निगरानी बढाएको भेटिएको छ । नगरक्षेत्र भित्र रहेको वडाहरुको चोक चोकमा समेत नेपाल तथा सशस्त्र प्रहरी खटाएर स्थानियलाई घर बाहिर निस्कन दिएको छैन ।

स्थानिय प्रशासनले अति आवश्यक काम बाहेक अन्य घरबाहिर ननिस्कन आह्वान गरेको छ भने घरबाट निस्कनेलाई प्रहरीले धरपडक गरी कारवाही गरीरहेको छ । चोक चोकमा तैनाथ गरिएको प्रहरीले अति आवश्यक खाद्यन्न तथा औषधि समेत किन्न जान दिएको छैन अटेरी गर्नेलाई लाठी चार्ज गर्ने देखि लिएर नियन्त्रणमा लिने प्रयास समेत गरीरहेको छ ।

पर्सा प्रहरीले हाल सम्म २३ वटा मोटरसाइकल, २ जना व्यक्ति र एउटा मिनि ट्रक नियन्त्रणमा लिई कारवाही गरेको प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले बताए । नेपाल सरकारले चैत १८ गतेसम्म लकडाउन घोषना गरेर कोभिन १९ लाई रोकथाम गर्ने प्रयास गरीरहेको छ । ‘लकडाउन’ अति आवश्यक खाद्यन्नमा खरिद गर्न समेत घरबाट बाहिर निस्कन दिएको छैन ।

प्रहरीले वीरगन्ज शहरमा ‘लकडाउन’ को पूर्ण पालना गराउँन सक्त रुपमा प्रस्तुत भएपनि ग्रामिण भेगमा भने, जनचेतनाको अभावले ‘लकडाउन’ को आशिंक प्रभाव मात्र परेको स्थानिय शम्भुकुमार सुमनले बताए । स्थानिय निकायले समेत ‘लकडाउन’ को पालना गराउँन सकेको छैन, उनले भने, अहिले हरेक गाउँपालिका र नगरपालिकाका प्रमुख तथा अधिकृतहरु सम्पर्क विहिन अवस्थामा छन । उनीहरुले गर्नुपर्ने सचेतना मुलक काम समेत नगरेका कारण स्थानियमा कोरोना सम्बन्धी चेतना आउँन सकेको छैन ।

ग्रामिण भेग र सदरमुकामसंग जोडिने मुख्य सडक सुनसान छ, तर गाउँघरका होटल, पसलहरु भने नियमित रुपमै सञ्चालनमा भइरहेको छ । गस्तीमा आउँने प्रहरीलाई देख्नासाथ पसलहरु बन्द गरी भाग्ने गरेको प्रत्यक्षदर्शी स्थानिय बताउँछन ।

जनचेतनाको अभावले ग्रामिणक्षेत्रमा ‘लकडाउन’ प्रभावकारी बनाउँन सकिएको छैन । प्रहरीले आफनो श्रोत साधनको प्रयोग गरेर ‘लकडाउन’लाई प्रभावकारी बनाउँने काम भएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी विरेन्द्र बहादुर शाहीले दावी गरेका छन् ।

सरकारले एकठाउँमा भेला नहुने निर्देश जारी गरेको छ, तर ग्रामिण भेगका भेन ठाउँठाउँमा भेला भएर कोरोना भाइरस बारे चर्चा परिचर्चा गरेपनि एक अर्काबाट सर्ने प्राण घातक रोक भएपनि यसबाट आफू र अरुलाई पनि बचाउँनेबारे चेत खुलेको छैन ।

खुला सिमाना भएर कारण पनि लुकिछिपी स्थानिय ओहोर दोहोर पनि गरीरहेका छन । सिमावर्ती शहर भारतको सिकटा, ईनर्वा, भेलाई बजारबाट व्यापारीहरुले खाद्यन्न खरिद गरी चर्को नेपालमा चर्को मुल्यमा समेत विक्री गरेर उपभोक्तालाई ठग्ने गरेको स्थानिय जोखु साह कानुनले बताए ।

यसैगरी बारा जिल्लामा पनि जारी भएको निषेधाज्ञा (कर्फ्यु) उल्लंघन गर्ने १६ जना स्थानियलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । उनीहरुलाई संक्रमक रोग ऐन २०२० को दफा ३ बमोजिम कारवाही गरिएको बाराका प्रहरी नायब उपरिक्षक गौत्तम मिश्रले बताए ।

उनीहरुलाई जनही १ सय रुपैयाँ जरिवाना काटेर छाडिएको हो । त्यसैगरी कर्फ्यु अवज्ञा गर्ने ५१ वटा मोटरसाइकल, २ वटा ट्रक, १ ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गरेर छाडिएको उनले बताए । बारा जिल्लामा तेश्रो दिनपनि निषेधाज्ञाका कारण सुनसान रहेको छ ।

दैनिक उपभोग्य बाहेकका सम्पूर्ण व्यवसाय बन्द रहेको छ । सरकारले लागू गरेको ‘लकडाउन’ लाई पालना गराउँन ठाउँ ठाउँमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । एकठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाइएको प्रहरी नायब उपरिक्षक मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्