बारामा चोरीको भारतीय नम्बरको स्कार्पियो बरामद



वीरगन्ज– बारा प्रहरीले आदर्श कोतवाल गाउँपालिकाबाट चोरीको भारतीय नम्बर प्लेट भएको स्कर्पियो गाडी बरामद गरेको छ ।

बिआर ०५ पि ५१८३ नम्बरको रातो रङ्गको भारतिय स्कार्पियो गाडी प्रहरीले बरामद गरेको हो । बरामद गरिएको गाडीको मूल्याङ्कन ९ लाख ५० हजार रुपैयाँ राखिएको छ ।

भारतबाट चोरी गरि नेपाल भित्र्याइ जिल्लाको आदर्श कोतवाल गाउँपालिका वार्ड ८ स्थित सडक खण्डमा बेवारिसे अवस्थामा राखेको देखे पछि गस्तीमा रहेको प्रहरीले गाडीलाइ आफ्नो नियन्त्रणमा लिएको थियो ।

सिस्टमा चेक गर्दा बरामद गरिएको गाडी चोरीको भएको देखाएपछी आवश्यकको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्