लकडाउनबाट प्रभावित गरिब जनताको भोक मेटाउने प्रयास गर्दै समाजका अगुवा



वीरगन्ज– कोरोना भाइरस ( कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार मर्कामा पर्न थालेका छन् ।

भाइरसको संक्रमणले भन्दा भोकका कारण धेरै परिवार मर्कामा पर्न थालेपछि वीरगन्जका सामाजिक संस्थाहरुले दैनिक ज्याला मजदुरी गरि खाने परिवारलाई सहयोग गर्ने अभियान थालेको छ ।

वीरगन्ज युवा समाज नामक एक सस्थाले रिक्सा, ठेला चलाएर गुजारा गर्ने ४० जनालाई खाद्यान्न स्वरुप पाउरोटी उपलब्ध गराएर सहयोगको प्रयास गरेको छ ।

बसपार्क, पावरहाउस चोक, मुर्ली घण्टाघर लगायतका क्षेत्रमा पुगेर रिक्सा चालक तथा टेला चालकहरुलाई सहयोग गरेको संस्थाका अध्यक्ष कमल चौगाईँले बताए ।

समाजले लक डाउन अवधिभर हरेक दिन भोका व्यक्तिको भोक मेटाउने प्रयास स्वरुप आजबाट सहयोगको अभियान थालेको बताए ।

दैनिक काम गरि खाने व्यक्तिका परिवार अहिले समस्यामा रहेकाले हरेकले आफ्ना घर अगाडि कोही भोका व्यक्ति भेटे उनीहरुको भोक मेटाउन आवश्यक सहयोग गर्न पनि समाजले आग्रह गरेको छ ।
लक डाउनका बेला घरबाट ननिस्की कुनै एक जना भोको व्यक्तिको भोक मेटाउने प्रयासमा लागे ठूलो सहयोग हुने समाजका सचिव हेमन्त तामाङले बताए ।

आफूहरुले गरेको सहयोग कुनै प्रचारबाजीका लागि नभई भोकाहरुको भोक मेटाउन गरिएको सामाजिक दायित्व अन्तर्गतको काम मात्रै रहेको छ ।


यसैगरी वीरगन्ज वडा नम्बरका ४ का वडा अध्यक्षले नारायणी अस्पतालमा भर्नारत बिरामीका कुरुवाहरुको लागि निशुल्क खाना खुवाएका छ ।

वडा अध्यक्ष जगत साह कानुले लकडाउन ले अलपत्रमा परेका अस्पतालका कुरुवाहरुको लागि निशुल्क खानाको ब्यवस्था मिलाएका हुन ।

लकडाउन रहुनाजेल खाना खुवाउने अभियान जारी नै रहने अध्यक्ष कानुले बताए । उनले भने, आयोजना गरिएको भण्डारामा अन्य जनताले पनि खाना खानमा रोकटोक लगाइएको छैन सेवाकै भावनाले यो कदम चालेको हौ ।

यसअघि वीरगन्ज महानगरपालिकाको अनुमती लिएर लक डाउन बाट प्रभावित अति बिपन्न बर्गको लागि निशुल्क भोजनको ब्यवस्था मिलाएको थियो ।

वीरगन्जको आदर्शनगरमा मगलबार स्टल लगाएर ठेल्ला रिक्सा चलाउने देखि लिएर बाटोमा हिडने भोक्काहरुको भोक मिटाउन निशुल्क खाना खुवाउने ब्यवस्था मिलाएको थियो तर प्रहरीले स्टल लगाउन दिएन । उल्टै स्टल लगाउने समाजसेवा गर्ने मारवाडी समुदायका युवालाइ वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको कमाण्डमा रहेको प्रहरीले पक्राउ समेत गरेर लगेका थिए । पक्राउ गरेर लगेको केही घण्टा पछि प्रहरीले उनिहरुलाइ छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्