मेयर गुप्ताको उदाहरणीय काम : ‘जसले कोरोना र जनताको मार बुझे’



रौतहट : विश्वव्यापी भइरहेको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न र यसलाई थप फैलिन नदिन रौतहटको गौरमा निश्चित दूरी कायम गरिएको छ ।

गौर नगरपालिकाले व्यवस्थित रुपमा तरकारीको हाटबजार सञ्चालनमा ल्याएसँगै तीन फिताको दूरीमा रहेर मात्र किनबेच गर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाका मेयर अजय गुप्ताले बताए ।

स्थानीयवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै दैनिक उपभोग्य वस्तु किनमेल गर्न निश्चित दूरी कायम गरिएको गौर नगरपालिकाका मेयर गुप्ताले जानकारी दिए ।

सरकारले लालू गरेको लकडाउनको समयमा तरकारी, खाद्यान्न, औषधि, दैनिक उपभोग्य वस्तु किनमेल गर्नुपर्ने बाध्यता आएपछि गौर नगरपालिकाले विक्रेता र क्रेताबीच तीन फिट दूरी कायम गरिएको मेयर गुप्ताले बताए ।

कोरोनाभाइरस सतर्कताका लागि सशस्त्र प्रहरी बलले पनि सघाएको मेयर गुप्ताले बताए ।

‘खरिदकर्ता तीन फिटको अन्तरमा र लाइनमा बसेर खरिद गर्नुपर्ने हुन्छ ’ मेयर गुप्ताले भने ।

प्रतिक्रिया दिनुहोस्