संसार अदृश्य शत्रुसँगको युद्धमा छ– राष्ट्रपति ट्रम्प



एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसार अदृश्य शत्रुसँगको युद्धमा रहेको बताएका छन् । तर उनले आफूहरू विजयी हुने पनि घोषणा गरेका छन् ।

यसैवीच विश्व स्वास्थ्य संगठनका प्रमुख निर्देशक डा. टेड्रोस अधानोम गेब्रीयससले यस महामारीसँग जुद्धनका लागि राजनितिक प्रतिबद्धताहरू आवश्यक रहेको बताएका छन् । उनले भने– ‘प्रतिबद्धता उच्च स्तरमा सम्भव छ ।’

गेब्रीयससले राष्ट्रपति ट्रम्पको नेतृत्वको पनि प्रशंसा गरेका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सबैभन्दा बढी रहेको अमेरिकामा राष्ट्रपति ट्रम्पले चालेका कदमहरू विश्वले देखिरहेको पनि जिकिर गरे ।

शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पचासी हजार ५ सय चौरानब्बे पुगेको छ। त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय पुगेको छ। त्यस्तै अमेरिकामा करिब २ हजार संक्रमित निको भएको पनि त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्