ओखलढुंगामा श्रीमती बलात्कारका दुई मुद्दा



ओखलढुंगा: ओखलढुंगामा दुई वर्षको अवधिमा दुईटा वैवाहिक बलात्कारको मुद्दा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा चालु एक जना पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिका २ का २६ वर्षीय (बहादुर विकलाई नाम परिवर्तन) श्रीमती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

श्रीमतीको इच्छा विपरीत शारीरिक सम्पर्क गरेको अभियोगमा विकलाई पक्राउ गरी वैवाहिक बलात्कार ऐन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । विकका श्रीमतीले आफूलाई मंसिर १० गते राती सुतिरहेको अवस्थामा मादक पदार्थ सेवन गरि इच्छा विपरित श्रीमानले जबरजस्ती शारीरिक सम्पर्क गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन ।

उनी ५० हजार धरौटीमा तारेखमा छुटेका छन् ।  सुनकोशी गाउँपालिकाका  बहादुर बस्नेत (नाम परिवर्तन)पनि दुई वर्षअघि आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । उनकी श्रीमतीले आफ्नो इच्छा विपरित जवरजस्ती शारीरिक सम्पर्क गरेको प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । बस्नेत तीन वर्षका लागि जेल परेका छन् । 

प्रतिक्रिया दिनुहोस्