३ महिनादेखि बन्द रसुवागढी र तातोपानी नाका आजबाट खुला



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)को महामारी रोक्न गत माघ १५ गतेदेखि बन्द चीनतर्फका दुई नाका आज (शुक्रबार) खुला भएको छ ।

चीनतर्फका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट सामान ल्याउन मिल्ने गरी खुला गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

महानिर्देशक दाहालका अनुसार दुई नाकाबाट औषधि र अन्य कुनै अत्यावश्यक सामग्री नाकाबाट ल्याइने छ । सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना संक्रमण जाँच गरेर मात्रै आवतजावत गर्न दिइने उनले बताए । साथै अत्यावश्यक सामग्रीबाहेकलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सानान नेपाल भित्र्याउन दिइएने छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरी समन्वय समितिले गत बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो । तर, चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको दुई महिनाभन्दा बढी भयो । त्यहि कारण देखाउँदै चिनियाँ पक्षले नेपाललाई नाका खोल्न आग्रह गरेको थियो ।

नेपालको वैदेशिक व्यापारमा चिनियाँ सामग्रीको हिस्सा १६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्