लकडाउनको चौथो दिन : ग्यास आयातमा कमी



वीरगन्ज : विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट आ—आफनो देशको जनतालाई बचाउँन विभिन्न मुलुकहरु लागि परेको छ । छिमेकी मुलुक भारतमा पनि कोरोनाभाइरस तीव्र रुपमा फैलिएपछि भारत सरकारले २१ दिने ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’ अवहेलना हुन थालेपछि कतिपय राज्यहरुमा कर्फ्यू लगाईएको छ ।

छिमेकी मुलक भारतसँगको नेपालको पूर्वदेखि पश्चिमसम्मको नाका टाँसिएको र खुला पनि छ । भारतमा फैलिएको कोरोनाभाइरस नेपालमा पनि फैलिनसक्ने भन्दै नेपाल सरकारले यसको संक्रमणबाट जोगिनको एक साता नेपाल ‘लकडाउन’ गरेको छ ।

कोरोनाभाइरसको संक्रमण रोकथान र नियन्त्रणका लागि सरकारले चैत्र १० गते भारत र चीनका सम्पूर्ण नाकाहरु पूर्णरुपमा बन्द गरेको थियो । त्यसकोलगत्तै चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेको बिहान ६ बजेसम्म ‘लकडाउन’ गरिएको छ ।

सरकारले ‘लकडाउन’ गरेको आज चौथो दिन भएको छ । यहाँको जनजीवन दिनप्रतिदिन प्रभावित बन्दै गएको छ । भण्डार गरिएको खाद्यन्नमा समेत कमि आउँन सकिने आंशका समेत स्थानियले गर्न थालेका छन् । वीरगन्ज तरकारी तथा फलफुल व्यवसायी संघका अनुसार वीरगन्जमा तरकारीको भने अहिलेसम्म अभाव भएको छैन ।

कोरोनाको संक्रमण फैलिने डरले छिमेकी शहर भारतबाट निकासी हुने तरकारीमा कमी आएको छ । त्यहाँका चालकहरुले संक्रमणको डरले ढुवानी गर्न चाहेका छैनन् जसले गर्दा केहि कमि आउँने थालेको हो । संघका अध्यक्ष विदुर गुप्ताले ज्यानको माया सबलाई छ, अतिसुकै पैसा लिएपछि कोहि व्यक्ति आफ्नो ज्यानको बाजी लगाउँन चाहँदैन अहिले त्रासकै कारणले बाहिर जिल्लाबाट तरकारीहरु ल्याउँन समस्या भएको छ ।

खाद्यन्न तथा तरकारीको आंशिक अभावसँगै खाना पकाउँने ग्यासको भने चरण अभाव हुन थालेको छ । वीरगन्जको शहरमा खालि ग्याँस सिलिन्डर लिएर उपभोक्ताहरु कतिपय ठाउँमा भौतारिएको देख्न सकिन्छ भने कतिपयले ग्याँस डिजरको अगाडी लाईन बसेको देख्न सकिन्छ ।

नेपाल र भारतमा ‘लकडाउन’ भएयता भारतबाट वीरगन्ज नाकाहुँदै आयात हुने खाना पकाउँने ग्याँसको आयातमा समेत कमी आएको छ । भारतमा चैत १२ देखि २१ दिनका लागि ‘लकडाउन’ गरिएको छ । ‘लकडाउन’ मा अतिआवश्यक वस्तुको आयात निर्यातमा कुनै अवरोध नहुने दुवै देशका सरकारले जनाएका पनि ग्याँसमा भने कमि आएको नेपाल आयत निगम वीरगन्ज शाखाले जनाएको छ ।

नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा भारतबाट वीरगन्ज नाका हुँदै दैनिक औसतमा ५० देखि ५५ बुलेट एलपी ग्यास नेपाल भित्रिन्छ । ‘लकडाउन’ भएको चैत ११ देखि यता भारतबाट वीरगन्ज नाकाहुँदै दैनिक औसतमा २७ बुलेट ग्याँस मात्र भित्रिरहेको छ ।

चैत ११ देखि शुक्रबारसम्म ४ दिनको अवधीमा भारतबाट वीरगन्ज नाकाहुँदै १ सय ८ बुलेटमा १९ लाख २५ हजार ७ सय केजी मात्रै ग्यास नेपाल भित्रिएको नेपाल आयल निगम शाखा कार्यालय वीरगन्जका प्रमुख राम कुमार न्यौपानले बताए ।

चैत ११ मा ३१ बुलेट, चैत १२ मा ३५ बुलेट, चैत १३ मा १२ बुलेट र शुक्रबार चैत १४ मा ३० बुलेट ग्याँस वीरगन्ज नाका हुँदै भित्रिएको हो । चैत १० मा ५४ बुलेट ग्याँस भित्रिएकोमा त्यस यता भने ‘लकडाउन’ भएपछि दैनिक औसतमा २७ बुलेट मात्रै आयात भइरहेको प्रमुख न्यौपानले बताए ।

नेपाल र भारत दुवै देशमा अचानक ‘लकडाउन’ भएपछि वीरगन्ज नाका हुँदै आयात हुने ग्यासको परिमाणमा केहि कमी आएको उनले बताए । ‘लकडाउन’ का कारण भारतको बरौनी स्थित आइओसीको रिफाइनरी प्लाण्ट पनि प्रभावित भएकाले नेपालमा ग्यासको आयातमा असर परेको उनले बताए ।

वीरगन्ज नाका हुँदै भित्रिने ग्यास बरौनीको रिफाइनरीबाट बुलेटमा आउँछ, उनले भने, ‘भारतमा पनि अचानक ‘जनता कर्फ्यू र लकडाउन भएपछि बरौनीको रिफाइनरीमा उत्पादन र लोडअनलोड दुवै प्रभावित भयो, त्यसैको असर ४ दिनदेखि परेको हो ।

तर, आइतबारदेखि भने फेरि साबिककै परिमाणमा ग्याँस आयात हुने सम्भावना पनि रहेको न्यौपानेले बताए । नेपाल ग्याँस बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष महेश्वर कुमानर श्रेष्ठले पनि नेपाल र भारत दुवै देश ‘लकडाउन’ भएकाले त्यसको असर ग्याँसको आयातमा पनि परेको बताए ।

नेपालका लागि ग्यास आयात हुने बरौनीको रिफाइनरी प्लाण्टमा पनि ‘लकडाउन’ असर परेकाले नेपालमा ग्यासको आयात प्रभावित भएको उनले बताए । भारतका रिफाइनरी प्लाण्टबाट ग्यास बोकेर आउने बुलेट बीच बाटोमा पन्चर वा बिग्रियो भने मर्मत गर्ने ग्यारेज सबै बन्द छन्न, उनले भने, होटल लज पनि बन्द छन् । बुलेटका चालकले खाना पाइरहेका छैनन् । यी कारणले पनि ग्याँस आयातमा समस्यमा भइरहेको हो ।’

यता ग्यास बोटलिङ उद्योगले बजारमा माग अनुसारको ग्यास नपठाएका कारण वीरगन्जमा रहेका ग्यास उद्योगका केही आधिकारिक बिक्रेता (डिलर) हरुले पसल नै बन्द गरिदिएका छन् । मनोज ग्यास उद्योगको आधिकारीक बिक्रेता वीरगन्जको लिंकरोडमा रहेको न्यू बि.एस. ट्रेडर्सका संचालक भरत सिलवालले उद्योगले माग अनुसारको ग्याँस सिलिण्डर पठाउँन छाडेपछि ३ दिनदेखि पसल नै बन्द गरेर घरमा बसेको बताए ।

दैनिक ३ सय भन्दा ग्राहक खाली सिलण्डर लिएर पसल अगाडि लाइनमा लाग्छन, उनले भने, तर उद्योगले २ र ३ दिन बिराएर ५० वटा मात्र भर्ती सिलण्डर पठाउँछ त्यसैले गाली खानुभन्दा ३ दिनदेखि पसल नै बन्द गरेर घरमा बसेको छु । लाईनमा बस्दा पनि ग्याँस नपाएपछि उपभोक्ताहरु हामी माथि नै विभिन्न आरोप प्रत्यारोप लगाउँदै जाई लाग्ने गरेका छन, त्यही भएर पसल बन्द गरेर घरमा बस्नु परेको छ ।

संघ, प्रदेश तथा स्थानिय सरकारले तुरुन्त जनतालाई चाहिने अति आवश्यक दैनिक उपभोग्य, खाद्यन्न, तरकारी तथा फलफुल, ग्यास र औषधिको अभावलाई पुर्ति गर्न ध्यान पु¥याउँन आवश्कता देखिएको छ । समयमा सरकारले आपूर्ती नगरे यहाँको अवस्था दयनिय हुनेछ । कोरोना भाईरसबाट पछि खाना नपाएर पहिला नै मर्नुपर्ने अवस्था आउँछ थालेपछि जनता सरकारविरुद्ध सडकमा उत्रिन बेर छैन ।

प्रतिक्रिया दिनुहोस्