काम नगर्ने ठेकेदारलार्इ कारवाही गर्न संसदीय समितिकाे निर्देशन



काठमाडाैं : संसदीय समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

 

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिइन् ।

 

सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले क्षमता नभएका कम्पनीलाई निर्माणको कामको जिम्मा नदिन पनि सरकारलाई सचेत गराइन् ।

प्रतिक्रिया दिनुहोस्