कोरोना भाइरस रोकथामका लागि सांसद बानियाँद्वारा ५ लाख सहयोग



काठमाडौं : नेपाली कांग्रेसका प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

सांसद बानियाँले कोरोना भाइरस संक्रमणसँग लड्नका लागि मकवानपुरका तीन वटा स्थानीय तह राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकालाई ५ लाख उपलब्ध गराउने घोषणा गरेका हुन् ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्