बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना सङ्क्रमित



काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्।

“इङ्गल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस ह्विटीको सल्लाहमा उनको कोरोनाभाइरस परीक्षण गरिएको थियो,” प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा भनिएको छ।

बिरामी भए पनि उनले नै सरकारको नेतृत्व गरेर यो विपत्‌को सामना गर्ने विज्ञप्तिमा बताइएको छ।

जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै ‘एकसाथ भाइरसलाई परास्त गर्ने’ बताएका छन् ।

Twitter post by @BorisJohnson: Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus.Together we will beat this. #StayHomeSaveLives
प्रतिक्रिया दिनुहोस्