क्वारेन्टाइनमा मृत्यु भएका नेपालीको रिपोर्ट नेगेटिभ


पोखरा : रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखी बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएका विश्ववन्धु नेपालीको कोरोना नभएको पुष्टि भएको छ । गाउँपालिका–५ देउरालीस्थित सामुदायिक वनको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरा लगिएकोमा चैत १२ गते मृत्यु भएको थियो ।

मृत्युपश्चात कोराना भए वा नभएको पुष्टि गर्न नमूना परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पताल पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु घिमिरेले जानकारी दिए । क्वारेन्टाइनमा राखिएको व्यक्ति मृत्यु भएपछि कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको थियो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार भारतको हैदरावादबाट आएका ५५ वर्षीय नेपालीको क्वारेन्टाइनमा भएको मृत्युले सर्वसाधारणमा देखिएको मनोवैज्ञानिक त्रास नमूना परीक्षणको रिपोर्टले अन्त्य भएको छ ।

क्वारेन्टाइनमा रहेका २३ जनामध्ये दुई जनाको १४ दिन अवधि पूरा गरेर आज घर फर्केको जानकारी दिंदै उहाँले विदेशीबाट गाउँ फर्कने सङ्ख्यामा थप हुने भएपछि रामकोट मावि र ध्रुवतारा क्लबको भवनमा २७ बेड तयार गरिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित सात घर सिल गरिएको छ । स्थानेश्वर मार्गमा बस्ने ३५

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार