‘लकडाउन’ लम्ब्याउने तयारीमा सरकार



काठमाडौं : सरकारले एक साताका लागि लगाइएको लकडाउनको समयावधि थप गर्ने तयारी थालेको छ ।

चैत ११ गतेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको हो ।

गृह मन्त्रालयले हवाई र स्थलमार्ग हुँदै नेपाल प्रवेह गरेका मानिसको अन्तिम स्वास्थ्य जाँत रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थालेको छ । मन्त्रालयले यसका लागि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोकत्वमा गठित कोरोनाभाइरस (कोभिड–१९) रोग रोकथाम तथा नियन्धणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले हालमै अवस्थामा लकडाउन खुला गर्न नसक्ने अवस्था रहेको कारण लकडाउन थप लम्ब्याउने तयारी भएको जनाएको छ । साथै त्यहीअनुसार सुरक्षा तथा दैनिक उपभोग्य बस्तु सहज व्यवस्थापनका लागि उद्योग र व्यवसायीहरुलाई आग्रह सरकारले आग्रह गर्दै आएको छ ।

भारतले कोरोना संक्रमण फैलन नदिन बुधबारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेको छ । भारतले पनि नेपालले लगाएको भोलिपल्टै देशव्यापी लकडाउन गरेको हो ।

चैत ११ गतेदेखि १८ गते बिहानसम्म लगाइएको लकडाउन सबैभन्दा बढी उल्लंघन नेपाल–भारत सीमा नाका र सहरी क्षेत्रमा हुने गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पनि भरपर्दो र विश्वसनीय आधार बनेपछि लकडाउनबारे सोचिने बताए ।

प्रतिक्रिया दिनुहोस्