कोरानाभाइरसको संक्रमण भएपछि मृत्यु हुने सम्भावना कति हुन्छ ?



एजेन्सी : बेलायती सरकारका वैज्ञानिक सल्लाहकारले कोरोनाभाइरसको संक्रमण भएपछि मर्ने सम्भावना ०.५ प्रतिशतदेखि १ प्रतिशत मात्रै हुने बताएका छन् ।

कोरोनाभाइरसको संक्रमणको अवस्थामा मृत्युदर कम रहेको छ । विश्व स्वास्थ्य संगठनको अनुसार संसारभरीमा यो भाइरसबाट मृत्यु हुने दर ४ प्रतिशत मात्रै रहेको छ ।

मार्च २३ तारिखसम्म बेलायतमा यो दर ५ प्रतिशत मात्रै थियो किनकी त्यहाँ संक्रमण भएका सबैको पुष्टि भएको थिएन ।

कोरोनाभाइरसको संक्रमण भएको वा नभएको भन्ने बारेमा कुन स्थितीमा परीक्षण गर्ने र कुन परिस्थितीमा परीक्षण नगर्ने भन्नेबारेमा हरेक देशमा आ–आफ्नै प्रकारको मापदण्ड तय भएको पाइन्छ । बिबिसीका अनुसार विभिन्न देशहरुले बाहिर ल्याएको कोरोनाबाट मृत्यु हुनेको संख्या र घटना भ्रामक पनि हुनसक्छ ।

साथै, मृत्युदर व्यक्तिको उमेर, स्वास्थ्य अवस्था र स्वास्थ्य सेवासम्म पहुँचमा निर्भर गर्छ ।

कोरानाबाट मृत्यु हुने सम्भावना कति ?

विशेषज्ञका अनुसार कोरोनाभाइरसको संक्रमणबाट वृद्धवृद्धा र पहिलेदेखि नै कुनै गम्भीर रोगको शिकार भकाहरुको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।

लण्डनस्थित इम्पेरियल कलेजले गरेको नयाँ अनुसन्धानले ८० वर्ष पार गरेका मानिसहरुको कोरोना भाइरसबाट मृत्यु भएको र यो मृत्युदर लगभग १० गुणा बढि रहेको छ । जहाँ ४० वर्षभन्दा कम उमेर समूहका मानिसहरुको मृत्युदर कम रहेको छ ।

यद्यपि, युवाहरुमा पनि यसको संक्रमण भयावह तरिकाले भइरहेको समाचारहरु आएका छन् ।

पहिलोपटक चीनमा कोरोना भाइरसको संक्रमण भएको ४४ हजार संक्रमितहरुको अवस्थालाई विश्लेषण गर्दा जुन मानिसमा मधुमेह, उच्च रक्तचाप, हृदयरोग, दम जस्ता रोगहरु लागेको थियो ति व्यक्तिहरुको मृत्यु भएको छ । यस्तो मृत्युदर पाँच गुणा बढी रहेको छ ।

तर, तत्काल कोरोना संक्रमितको मृत्युदरलाई हेर्दा कस्ता व्यक्तिहरुलाई धेरै खतरा छ भनेर यकिन गर्न सकिने अवस्था भने छैन ।

कोरोनाभाइरसको संक्रमण भएका थुप्रै मानिसहरु सामान्य लक्षण देखिएपनि अस्पताल नजाने भएकाले कतिपय कोरोना संक्रमितहरुको बारेमा तथ्याकं नै यकिन भएको छैन ।

छुट्टाछुट्टै देशको मृत्युदर अलग – अलग

इम्पेरियल कलेजले गरेको अनुसन्धानले हरेक देशमा यो भाइरस संक्रमणको सामान्य लक्षण पहिचान गर्ने अलग – अलग क्षमता हुनसक्छ ।

भाइरस परीक्षणको लागि अलग – अलग देशमा फरक तरिका अपनाइएको छ ।

शुरुका दिनहरुमा बेलायत सरकारले प्रतिदिन १० हजार परीक्षण गरेको थियो । पछिल्लो चार हप्तादेखि २५ हजार व्यक्तिहरुमा परीक्षण गरिरहेको छ ।

यसैगरी, जर्मनले २० हजार मानिसहरुको परीक्षण गरिरहेको छ । जर्मनमा कोरोना पुष्टि भएकोमा मृत्युदर ०.५ प्रतिशत रहेको छ जुन युरोपकै कम दर हो ।

प्रतिक्रिया दिनुहोस्