‘वामदेवलार्इ संसदमा पुर्याउनु राजनीतिक अनिष्टताकाे संकेत’



काठमाडाैं : नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौं ७ मा उपचुनाव गरेर बर्दियामा हारेका बामदेवलाई संसदमा पुर्याउनु राजनीतिक अनिष्टताको संकेत भएको बताएका छन्।

 

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले ट्विटरमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन्। काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेवका लागि चुनाव गराउन लागेकोप्रति आपत्ति प्रकट गर्दै भट्टराईले यस्तो बताएका हुन्। 

 

उनले वामदेवका लागि खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टिकरण र चरम राजनीतिक अनिष्ट भएको बताएका हुन्। उनले बेलैमा होस पुर्याएर दलीय घेराभन्दा माथि उठ्दै लोकतन्त्रको रक्षा गर्न आग्रह समेत गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्