इन्धन लिएर आएको ट्यांकर पल्टियो 



विराटनगर : भारतबाट इन्धन (पेट्रोलियम पदार्थ) बोकेर आएको एउटा ट्यांकर बुधबार तीव्र गतिका कारण विराटनगर महानगरपालिका १८ मा दुर्घटनामा परेको छ ।

 

ना७ख ६६८८ नम्बरको ट्यांकर विराटनगर १८ मा रहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) नजिकै पल्टिएको हो । भन्सार काटेर विराटनगरस्थित नेपाल आयल निगमको प्रदेश १ कार्यालयतर्फ आउन लागेको ट्यांकर तीव्र गतिका कारण पल्टिएको प्रहरीले जनाएको छ । एक्कासि ट्यांकर पल्टिए पनि क्षति भने हुन नपाएको जनाइएको छ ।

ट्यांकरमा लोड गरिएको पेट्रोलियम पदार्थ पनि पोखिएको छैन । इन्धन पोखिएर आगलागी हुनसक्ने सम्भावनालाई ध्यान दिई दमकल भने तयारी अवस्थामा राखिएको थियो । बिहान १० बजे पल्टिएको ट्यांकरलाई क्रेनको सहायताले उठाएर निगम पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्