कोरोना नियन्त्रणका लागि चीनले दिएको अत्यावश्यक औषधी आज नेपाल आइपुग्दै



काठमाडाैं : परराष्ट्र मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न तत्काल अत्यावश्यक औषधीय सामग्री चीनबाट शनिवार आइपुग्ने जनाएको छ ।

ती सामग्री शनिबार आइपुग्ने गरी यतिबेला चीनको छेन्दुमा सङ्कलन भइरहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सकेसम्म मागिए जत्तिकै सामग्री जम्मा भएपछि नेपालतर्फ पठाइँदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालबाट हवाइजहाज पठाउने तयारी गरिएको बताए।

परराष्ट्र सचिव शङ्करदास बैरागीले सामग्री ल्याउने विषयमा कुरा भएको हो, छिट्टै आइपुग्छन् भने ।

मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सामग्रीको सूची परराष्ट्र मन्त्रालय मार्फत चीनमा पठाइएको थियो । माग अनुसारका सामग्री आउनेमा सरकार विश्वस्त छ । पठाएको सूची अनुसारका सामग्री कहिले आइपुग्ने र वितरण गर्ने भन्ने पर्खाइमा स्वास्थ्य मन्त्रालय रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्