बिहान देखिएको कालिमाटीको दृश्य



काठमाडौं : देशको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजार यति खेर बन्द छ ।

कोरोनाभाइरस (कोभिड–१९) को माहामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि कालिमाटी तरकारी बजार बन्द भएको हो ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालिमाटी तरकारी बजार दैनिक सात घण्टा खोल्न आग्रह गरेको छ ।

प्रशासनले तरकारीको अभाव देखिएकाले बजार खोल्न कालिमाटी फलफूल तथा तरकारी विकास समितिलाई आग्रह गरेको हो । प्रशासनको आग्रहसँगै हरेक दिन बिहान ३ बजेदेखि ७ बजेसम्म र साँझ ५ देखि ८ बजेसम्म बजार खुला हुनेछ ।

फोटो : बिनोद थापा

प्रतिक्रिया दिनुहोस्