सहजपुर –बोगटान सडकमा अलपत्र ३०० श्रमिकको उद्धार



डोटी : सहजपुर –बोगटान सडकमा अलपत्र ३०० श्रमिकको उद्धार गरिएको छ । सरकारले गरेको लकडाउनका कारण सो सडकमा काम गर्ने श्रमिकको डोटीबाट निर्र्वाचित सङ्घीय सांसद प्रेमबहादुर आले मगरको पहलमा शुक्रबार गरी आआफ्नो घर पठाइएको हो ।

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गएको मङ्गलबाररदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात नपाउँदा अलपत्र उनीहरुलाई सांसद मगरले गृह मन्त्रालयमा पहल गरी उद्धार गरेको उनका स्वकीय सचिब हेमन्त रेग्मीले जानकारी दिए । अलपत्र परेका श्रमिक अहिले आफ्नो गृह जिल्लातर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्