शनिबार बिहान लकडाउन उल्लंघन गर्ने ९ महिलासहित १ सय ३९ जना पक्राउ



काठमाडौं : सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी आक्रामक रुपमा प्रस्तुत भएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकराले चैत ११ गतेबाट चैत १८ गतेसम्म लागू गरेको लकडाउन उल्लंघन गर्ने सर्वसाधारणविरुद्ध प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो ।

लकडाउनको पाँचौ दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयन नगर्ने सर्वसाधारणको बढ्दै जान थालेपछि प्रहरी कडा रुपमा प्रस्तुत भएको छ ।

जसअनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई पटक–पटक आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्