ज्याला मजदूरी गर्नेलाई सकस



मार्तडी : दुनी हाट बजारका व्यापारी हंस सिंहको पसलका लागि चामल आयो । सिंह ट्रकबाट सामान पसलमा खसाल्ने मजदूरको खोजी गर्दै थिए । सोही समयमा तीन महिला र १६ वर्षमुनिका दुई जना कामको पर्खाइमा थिए । साहुको गाडी आए सामान बोकेर पैसा कमाउने उनीहरु बजारमा हेरिरहेका थिए ।

त्यही समयमा गाडी आयो र बजारमा गएर सामान गाडीबाट लिँदै पसलमा राखे । यसरी नै जिल्लाका कतिपय महिला र किशोरको दैनिकी बनेको छ । गौमूल गाउँपालिका–१ अम्लिस घर भई हाल मार्तडीमा बस्दै आएकी ३० वर्षीया कम्पनी रोकायाको दैनिकी यसरी नै बितेको छ ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरी पढाउन घरको गुजारा चलाउनका लागि सामान बोक्ने गरेको रोकायाले बताइन् । उनी भन्छिन्‘पारिवारिक आर्थिक कमजोर भएर नै ज्याला मजदूरीसँगै भारी बोकेर छोराछोरी र घरपरिवार चलाउने गरेको छु ।’

रोकायाका दुई सन्तान छन् । श्रीमान् पनि मार्तडीमै कसैको ठेक्कापट्टाका योजनामा काम गर्दै पैसा कमाउने गर्छन् । दुवै सन्तानलाई पढाइ खर्च र लुगा कपडा किन्नसमेत पैसा नहुँदा ज्यालामा मजदूरी गर्दै भारी बोक्नुपर्ने बाध्यता रहेको रोकायाको भनाइ रहेको छ ।

अहिलेको परिस्थितिअनुसार चल्नका लागि पनि भारी बोक्दै घर खर्च चलाउनु पर्ने गुनासो रोकायाको छ । रोकाया बिहानै बजारमा जाने र दिनभरि भारी बोकेर ल्याएको पैसाले चामल नुनतेल लिएर मात्र चुलोमा आगो बल्ने गरेको दुखेसो गर्छिन् ।

रोकायाजस्तै त्रिवेणी नगरपालिका–८ कालापानीकी गंगा गिरी पनि मार्तडी आएको करीब चार वर्ष बित्न लाग्यो । उनको आफन्तसंँग गाउँमा झगडा भए पनि छोराछोरीसहित मार्तडीमा मजदुरी गरेर जीवीकोपार्जन गर्दै आएकी छन् ।

दैनिकी नै बनेको छ । बिहान सबेरै उठेर बजारमा कुन साहुजीको गाडी आयो भनेर कुरेर बस्ने गरेको गिरीले बताइन् । अहिले खासै कमाइ नभएका कारण कोठा भाडा र ग्यास किन्नका लागि पैसाको अभाव भएको गिरीले दुखेसो पोखिन् । उनले कोराना भाइरसका कारण सरकारले गाडी चल्न नदिने र पसल बन्द गरेपछि दैनिक भारी बोकेर गुजारा चलाउदै आएका उनी जस्ता अन्य सर्वसाधारणलाई निकै सकस भएको छ ।

गिरीलाई लकडाउनका विषयमा कुनै चासो छैन । सरकारले गरेको लकडाउन भन्दा पनि उनको पैसा कमाउनमा बढी ध्यान छ । दिनमा कसैको भारी बोकेर ज्याला नपाएपछि रातभरि निद्रासमेत नलाग्ने गरेको उनको भनाइ छ ।

छोराछोरीलाई कसरी स्कल पढाउने, उनीहरुलाई कहाँबाट कपडा किन्नेलगायत पारिवारिक रुपमा चिन्ता हुने गरेको गिरी बताउँछिन् । रोकाया र गिरी जस्तै गौमूल गाउँपालिका–२ दहकोटकी सीता रोकायाको दैनिकी भारी बोक्ने र छोराछोरीलाई पढाइ खर्च जुटाउने हो ।

उनी मार्तडी बसेको दशक बित्यो । उनले दश वर्षदेखि नै भारी बोक्दै छोराछोरीलाई निजी क्षेत्रका विद्यालयमा अध्ययन गराउँदै आएकी छन् । घरमा कोही पनि जागिरे नभएपछि ज्याला मजदूरी गरेर नै घर खर्च चलाउनुपर्ने अवस्था रहेको रोकायाले बताइन् ।

मजदुरी नगरे जीवीकोपार्जन नहुनेहरुको केही व्यवस्थापनका लागि बडीमालिका नगरपालिका छलफल भइरहेको नगर प्रमुख पदम बडुवालले बताउनु भएको छ ।

मजदूरको पहिचान गरी नगरपालिकाले गर्ने सहयोगका लागि छलफल भइरहेको बडुवालको भनाइ रहेको छ । प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेका अनुसार दैजिनक मजदूरी गरेर खानेहरुलाई केही पनि व्यवस्था नभएको बताए । उनले टेलिफोनमार्फत लकडाउनमा मजदूरी गरेर जीविकोपार्जन गर्नेलाई कुनै व्यवस्था नभएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार
काठमाडौँ । सत्तारुढ नेकपाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । पार्टीको आइतबार साँझ बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशसानको कारवाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको छ । यसअघि १० गते बस्ने भनिएके केन्द्रीय समिति ७ गते नै डाकिएको छ । बैठकले सरकारको संसद विघटनको कदम अस्वीकार गरेको छ । बैठकले संसद् विघटन गर्ने कदम असंवैधानिक र निरंकुश रहेको ठहर गरेको छ । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटन गर्ने सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर बैठकले गरेको जानकारी दिए । ‘सरकारको उक्त कदमलाई अस्वीकार गर्ने निर्णय लिइएको हो । सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नु पनि असंवैधानिक भएको निष्कर्ष बैठकले गरेको छ’ उनले बताए । श्रेष्ठका अनुसार सरकारको कदमविरुद्ध नेकपाले कानुनी उपचार खोज्ने निष्कर्ष पनि निकालिएको छ । बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । आगामी रणनीति र कदमबारे छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाइएको छ भने स्थायी समितिको बैठक पनि सोमबार दिउँसो बोलाइएको छ । बैठकमा बोल्ने अधिकांश सदस्यहरूले ओलीको कदम गैरजिम्मेवारपूर्ण र जनादेशको अपमान भएकोले यसले पार्टीलाई नोक्शानी पुग्ने भन्दै विरोध गरेका थिए । प्रधानमन्त्रीको गलत सिफारिस सच्चाउनुको सट्टा हतारमा अनुमोदन गर्ने राष्ट्रपतिको कदमको पनि नेताहरुले भत्र्सना गरेका थिए ।

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि

काठमाडौं ।सरकारले कोरोनाभाइरस विरुद्धको कोभिशिल्ड खोप १४ गतेदेखि दिन सुरु गर्ने भएको छ । कोरोनाविरुद्धको

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन तथा ७ जनाको सरूवा भएको

काठमाडौं । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपाले देशमा स्थिर सरकार नदिएको टिप्पणी गरेका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान र लोकतन्त्रविरोधी भएको

मलंगवा । सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन्

काठमाडौं । नेपाल बार एसोसियसनका पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बारका पूर्वअध्यक्ष तथा जेष्ठ अधिवक्ता

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिवेक्षक पदमा दरखास्त आह्वान भएको छ

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बेहुला बनेका छन् । ४९ वर्षको उमेरमा

काठमाडौं । संसद विघटनबारे राजपत्रमा छापिएको सम्बन्धित सूचनाको आधिकारिकताबारे नेकपाका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको

काठमाडौं : गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको बाछिटा प्रदेश सरकार सम्मै पुगिसकेको