चीनमाथि यसकारण लगाइन्छ कारोना फैलाएको आरोप



काठमाडौं : चीनको वुहानमा कोभिड–१९ को पहिलो संक्रमण नोभेम्बर २०१९ को शुरुआतमा नै देखिएको थियो । तर, चीनले उक्त कोरोनाभाइरसबाट लाग्ने उक्त संक्रमणलाई लामो समयसम्म नकारेर बसेको थियो । उसले भाइरसको प्रसारलाई दुनियाँभरिबाट लुकाँउदै रोक्ने प्रयास गर्यो तर स्थिति नियन्त्रणबाहिर गईसकेपश्चातमात्र भारइस प्रसार भएको करीब डेढ महिनापछि मात्र यसको बारेमा आधिकारिक जानकारी गरायो । वुहानमा भाइरस फैलिएको पत्ता लगाउने पहिलो डाक्टरको आवाज दवाइयो भने भाइरसबाट बाहिर बोल्ने थुप्रै स्वाथ्थकर्मीहरुलाई कारबाही गरियो ।

चीनमा शंकाको सुई यसकारण पनि सोझिएको छ भने वुहानबाट हजारौं कोष टाढा जुनस्तरमा अमेरिकी, युरोपेली शहरहरुमा भाइरस फैलिएको छ त्यस स्तरमा निकै नै न्यून मात्रामा चीनको राजधानी बेइजिङ र व्यापारी केन्द्र सांघाईमा भाइरसको प्रसार भएको तथ्य देखिन्छ ।

चीनमा पहिलोपटक कोभिड –१९को बारेमा जानकारी हुने डाक्टरलाई चुप गराउनु पनि चीनको ठूलो गल्ती भएको विज्ञहरुले यसअघि नै औंल्याइसकेको छ ।

अन्य मुलुकहरुलाई कोरोनाभाइरससम्बन्धी जानकारी साझा गर्न माग गर्दा पनि आनाकानी गरेको चीनले भाइरसको प्रसार हुनथालेपछि पनि अन्तर्राष्ट्रिय उडानको कुनै निर्देशिका लागु गरेन र संक्रमित क्षेत्रका थुप्रै मानिसहरु अन्य मुलुकमा उडिरहे ।

चिनियाँ प्रशासनले कोभिड –१९ देखिएको मितिदेखी ११ जनवरीसम्म यो रोग व्यक्तिबाट व्यक्तिमा फैलिने रोग नभएको ट्वीट गर्दै आएको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनको उक्त कुरालाई दोहो-याउदै आइरहेको थियो । यसकारण शंका उसमाथि छ ।

भाइरसको प्रसारण भइसकेको करीब दुई महिनापछि समेत फरवरीको अन्तिम हप्तासम्म ‘सिटी आफ लव’ नामबाट परिचित एक चिनियाँ नागरिकले इटलीको फ्लोरेन्स शहरको एक व्यस्त सडकमा ‘म मानव हुँ, भाइरस होइन, पक्षपात नगर’ लेखिएको प्लेकार्ड बोकी उभिएको छ जसलाई हजारौं इटालीहरुले अँगालो हालेका थिए । उक्त एक व्यक्तिले गर्दा आज इटलीको कोरोनाको नराम्रो चपेटमा परेको छ ।

नेपाल र भारतमा समेत मिडीयाहरुले लामो समयमा कोरोनाबाट यी सत्यहरु लुकाइरहे । चीनमा अन्ध भक्क्त केही मिडीयाहरुले भने चीनको सबै गल्तीहरु लुकाइरहे । मिडियाले यसरी चीनका गल्तीहरु लुकाइरहदाँ यस्तो परिणाम आज हामि देखिरहेका छौं । नेपालमा पनि कोरोना संक्रमणको घटना देखा पर्न थालेको छ भने पुरा देश बन्द छ । यसले अर्थतन्त्रमा पर्ने असर त छदै छ त्यसमाथि दैनिक ज्यालामा निर्भर जनताहरुको जीवन निर्वाहन नै कठीन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्