महानगरका मुख्य शहरमा बिषादी छरिँदै



भरतपुर महानगरपालिकामा कीटनाशक औषधि (डिस्इनफेक्टेशन) छर्न शुरु गरिएको छ । महानगरपालिकाले नारायणगढ र भरतपुरका बजार क्षेत्रमा औषधि छर्न शुरु गरेको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालले संक्रमण हुन नदिन औषधि छर्न थालिएको बताए । नगर प्रमुख दाहालले भने “बजार क्षेत्रमा छर्न सशरु गरेका छौँ, विस्तारै ग्रामीण भेगमा समेत छर्ने छौंँ ।”

नारायणगढ बजारको पुलचोकदेखि पोखरा बसपार्क क्षेत्रमा औषधि छर्ने काम गरिने महानगर, वातावरण शाखा प्रमुख इ. विराट घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्