नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटना हुनबाट जोगियो



काठमाडौं : नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको जनाइएको छ।

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्