नेकपा नेता रामकुमार शर्माले मागे प्रधानमन्त्री ओलीको राजीनामा (पत्रसहित)



काठमाडौं : पूर्व सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

उनले विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामा सरकारले गति लिन सकेको भन्दै प्रधानमन्त्री प्रधनमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै करिब तीन पेज लामो स्टाट्स लेख्दै प्रधामन्त्री आलीको राजीनामा माग गरेका हुन् ।

‘कोरोना जस्तो बैश्विक महामारीसँगको युद्धको लडाईमा बिजय प्राप्त गर्न ढिलो गरी ५० करोड रकमको बिजियोजन गरेबाट नै सरकारको गम्भीरता प्रस्ट हुन्छ ।’ उनले फेसबुमा लेखेका छन्– ‘सरकार महामारीसँग खेलवाड नगरौं, नेपाल र नेपाली जनतासँग मजाक नगरौं, सकिन्छ भने यदि स्वास्थ्यले साथ नदिएकै कारण सरकारले गति नलिएको हो भने प्रधानमन्त्रीजी तपाईंले देशको लागि धेरै योगदान गर्नुभयो अब आरामा गर्नुहोस्, स्वास्थ्यलाभ लिनुहोस् ।’

उनले थप्दै लेखेका छन्–‘नेपाली जनताले तपाईंलाई सम्पूर्ण सम्मान दिएकै हो । बाँकी जीवनभरीलाई सम्पूर्ण मानसम्मान र सेवा सुविधा दिने नै छ, राजीनामा गरेर बाटो खुल्ला गरिदिनुहोस् ।’

कम्युनिष्ट आन्दोलनले एक से एक समक्ष नेताको श्रृंखला नै तयार परेको बताउँदै उनले अगाडि लेखेका छन्–‘यस्ले तपाईँको उचाई घटाउने नभई ऐतिहासिक बनाउने छ। हुनसक्छ नयाँ नेतृत्वले जिम्मेवारी पाएपछि कोरोना महामारीलाइ परास्त गर्दे संकटलाई अवसरमा बदलेर जनचाहना अनुसारको काम मार्फत देश र जनताको बिश्वास आर्जन गरी सरकार र पार्टीलाई लोकप्रिय बनाउन सकोस । भनिन्छ जान है तो जहान है । प्रधानमन्त्री एंव अध्यक्ष महोदय, कोरोना महामारी संग लडन तथा यो संकटलाई स्वास्थ्य क्षेत्रमा अबसरको रुपमा प्रयोग गरी आमुल परिवर्तन गर्न आवश्यक सुझावहरू राख्न चाहन्छु ।’

रामकुमार शर्मा

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू
आदरणीय अध्यक्ष क. पुष्पकमल दहालजी
अभिवादन

नेपाली जनताले हाम्रो दुई पार्टी बिचको एकता अनि दुई पार्टी द्वारा जारी भएको संयुक्त घोषणा पत्र प्रति बिश्वास गरेर नेपालकै इतिहासमा स्वर्ण अक्षरले लेख्न सकिने गरी दुई तिहाइको अपार समर्थन दिएर नेकपाको नेतृत्वमा सरकार बनाउने मौका दियो। जनताले यो मौका कुनै भावनामा बगेर वा लहरमा दिएको होइन। बिगत लामो समय देखी देशमा रहेको अस्थिरता, अराजकता, कुशासन एंव भ्रष्टाचारबाट मुक्तिका लागि एंव नेपाली जनताको सुख, शान्ति र समृद्धिको आशामा मतदान गरेका हून। सरकार गठन भएको पनि करिव मध्यान्तरको समय पुरा भयो। निश्चित रुपमा नागरिकले अब हाम्रो पार्टी द्वारा जारी गरिएको घोषणा पत्र र सरकार द्वारा भए गरेका काम वारे परिणाममा देख्न पाउने अवस्था हो। छातीमा हात राखेर हामी मुल्यांकण गरौ हाम्रो सरकार कहाँ छ? हामीले घोषणा गरेका दर्जनौ महत्त्वाकाङ्क्षी परियोजनाहरू कुन अबस्थामा छ? जनताको आर्थिक जीवनमा कत्ति प्रगति भएको छ? नेपाली युवालाई स्वरोजगारको व्यवस्था गरी कति संख्यामा नेपाल फर्काउन सक्यौ? युवा पलायनले सृजना गरेको कृषिको अवस्थामा के परिवर्तन गर्न सक्यौ? सुशासनको अबस्था के छ? भ्रष्टाचारीहरू कति डराएका छन? बनिरहेको सडक, पुल, सिचाई, बिमानस्थल आदि तोकिएको समयमा गुणात्मक किसिमले कत्ति काम भएको छ?

यी र यस्तै अवस्थाको बिचमा हाम्रो गौरवशाली पार्टीको केन्द्रीय समितिको बैठक एक पटक बस्ने सौभाग्य प्राप्त भयो। बैठकमा व्यक्तिगत रूपमा आफ्नो कुराहरू राख्न नपाए पनि समुहगत रूपमै भएपनि पार्टी र सरकारलाई स्पष्टरुपमा दिशानिर्देश गर्ने काम भएको थियो। बैठक पश्चात जनताको अपेक्षामा खरो उत्रिने गरी सरकारले तिब्र गतिमा काम बढाउने ठुलो अपेक्षा गरेका थियौ। तर दुर्भाग्य सरकारले आफ्नो गति बढाउनै लाग्दा कोरोना भाइरस जस्तो बैश्विक महामारीको शिकार हामी नेपाली पनि हुन पुगेका छौ। मध्यान्तर सम्म प्राप्त अवसरलाई हामी जनअपेक्षा अनुरूप सफलता पुर्वक पुरा गर्न नसकेको तितो यथार्थ हामी संग छ। यस्को मतलब यो होइन कि सरकारले केही पनि गर्न सकेको छैन। सरकारले संघियतालाई कार्यान्वयन गर्ने, कर्मचारी समायोजन गर्ने, सयौको संख्यामा नयाँ कानुन बनाउने, कुटनीति संबन्धलाई देश हितमा अगाडि बढाउने, रास्ट्रिय गौरवको कार्यक्रमलाई निरन्तरता दिने, समाजिक सुरक्षा नीति घोषणा र ज्येष्ठ नागरिक, एकल महिला, तथा अपाङ्गता भएको व्यक्तिहरूको केही सुविधा बढाउने काम अवश्य भएको छ।

जे होस् यी तमाम समिक्षाको आधारमा यो भन्न सकिन्छ कि सरकारले काम गरेको छ तर जनअपेक्षा अनुसार दुई तिहाइको सरकारले जसरी तिब्र गतिमा परिणाम मुखी काम गर्नु पर्थ्यो त्यसमा चुकेकै हो। अब हामी दुर्भाग्य बश नयाँ घटना सहित नयाँ ठाउँमा बिशेष अबस्थामा उपस्थित भएका छौ। बिगतमा सरकार को काम बाट असन्तुष्ट जनता सामुन्ने नयाँ किसिमको महासंकट आइपरेको छ। सरकारलाई यस महासंकट बाट जनतालाई सेवा गर्दै मन जित्ने मौका नपाएको होइन। तर प्रधानमन्त्रीको अस्वस्थताको कारणले भन्नुस वा सरकार यो महामारी वारे गम्भीर नभएर भन्नुस शुरुवाती अवस्था देखी नै संसदमा बिपक्षीहरू, नागरिक समाज,वा आमजनतानै सरकारको तयारीबाट सन्तुष्ट देखिदैन। सरकार यस महामारी रुपी संकटलाई अबसरमा बदल्न सक्थ्यो जसरी भारतका प्रधानमन्त्रीले आफ्नो लोकप्रिय योजनाका कारण कोरोना भन्दा मोदीको चर्चा बढी भएको छ।

कोरोना महामारी संग लड्न जसरी तीनै तहको सरकार संग समन्वय हुनुपर्थ्यो, तीनवटै सरकारको बिचमा जसरी कामको बाडफाड हुनुपर्थ्यो, जुन गम्भीरताको साथ चिकित्सकहरुको सेवा, सुविधा (PPE) र सुरक्षाको साथै आवश्यक संख्यामा लैवको व्यवस्था हुनुपर्थ्यो भएन, यतिमात्रै होइन बिदेशबाट नेपाल आउने नागरिकलाई क्वारेनटाइन गर्ने, वृहत् स्तरमा चेक जाँच गर्ने, रोग लागेकाहरू लाई सुविधाजनक अस्पतालमा उपचार गर्ने, रोगबाट बच्नका लागि आवश्यक मास्क, सेनेटाइजर, ग्लोब्स,आदिको पर्याप्त व्यवस्था गर्ने, महामारी संग लड्न पर्याप्त रकमको व्यवस्था गर्ने जिम्मेवारीबाट पुनः चुकेको छ। कोरोना जस्तो बैश्विक महामारी संगको युद्धको लडाईमा बिजय प्राप्त गर्न ढिलो गरी ५० करोड रकमको बिनियोजन गरेबाट नै सरकारको गम्भीरता प्रस्ट हुन्छ।

तसर्थ सरकार महामारी संग खेलवाड नगरौ, नेपाल र नेपाली जनता संग मजाक नगरौ, सकिन्छ भन्ने यदि स्वास्थ्यले साथ नदिएकै कारण सरकारले गति नलिएको हो भन्ने प्रधानमन्त्रीजी तपाईँ देशको लागि धेरै योगदान गर्नुभयो अब आराम गर्नुहोस्, स्वास्थ्यलाभ लिनुहोस्। नेपाली जनताले तपाईँलाई सम्पूर्ण सम्मान दिएकै हो बाकी जीवनभरीलाई सम्पूर्ण मानसम्मान र सेवा सुविधा दिने नै छ, राजीनामा गरेर बाटो खुल्ला गरिदिनुहोस। कम्युनिष्ट आन्दोलनले एक से एक सक्षम नेताको सृखला नै तयार गरेको छ। यस्ले तपाईँको उचाई घटाउने नभई ऐतिहासिक बनाउने छ। हुनसक्छ नयाँ नेतृत्वले जिम्मेवारी पाएपछि कोरोना महामारीलाइ परास्त गर्दे संकटलाई अवसरमा बदलेर जनचाहना अनुसारको काम मार्फत देश र जनताको बिश्वास आर्जन गरी सरकार र पार्टीलाई लोकप्रिय बनाउन सकोस। भनिन्छ जान है तो जहान है ।प्रधानमन्त्री एंव अध्यक्ष महोदय,कोरोना महामारी संग लडन तथा यो संकटलाई स्वास्थ्य क्षेत्रमा अबसरको रुपमा प्रयोग गरी आमुल परिवर्तन गर्न आवश्यक सुझावहरू राख्न चाहन्छु।

१)रोगको उपचार गर्ने
२)भोकको उपचार गर्ने
रोगको उपचारका लागि तत्कालीन र दिर्घकालिन कार्यक्रम बनाउ।
तत्काल ७-१० दिन भित्र गर्नुपर्ने काम

—————&&&&&——————-
१)चिकित्सकलाई उपचारमा प्रयोग हुने आबश्यक( PPE) को व्यवस्था होस।
२)चिकित्सकहरूको लागि विमा, डवल वेतन, आफ्नो आवास नभएको हकमा उपचार अबधी सम्मको लागि सुरक्षित आवासको व्यवस्था मिलाउने।
३)कोरोना भाइरसको टेस्ट लैव काठमाडौं लगायत सबै प्रदेशहरुमा आवश्यकता अनुसार व्यवस्था गर्ने।

४)स्थानीय सरकार मार्फतकोरेन्टाइन को व्यवस्था गर्ने, शंका लागेका, बिदेश बाट आएकाहरुलाई अनिवार्य कोरेन्टाइनमा राख्ने व्यवस्था मिलाउने
५)कोरोना पुस्टी भएका बिरामीलाई स्थानीय सरकारले तोकेको अस्पतालमा पुर्याउने
६)कोरोना बिरामीको उपचारको लागि संघ र सबै प्रदेश स्तरमा सम्पूर्ण सुविधा सहितको भौतिक पूर्वाधारको व्यबस्था गर्ने।
भोकको उपचारका लागि
—————-&&&&—————-
१)ज्यालादारी मजदुर, गरिब तथा निसहाय परिवारलाई पहिचान गरी कम्तीमा तीन महिनाको लागि स्थानिय सरकार मार्फत तत्काल खाद्यान्न उपलब्ध गराउनु पर्छ।
२)सम्भव भए सम्म वडास्तरमा नभए आवश्यकता अनुसार खाध सामग्रीको बिक्री बितरणको व्यवस्था गर्नु पर्दछ।
३)कालाजारी र अधिक संचय गर्नेलाई कडाइको साथ रोक्ने र आवश्यक कडा कार्यवाही गर्नु पर्छ ।
दिर्घकालिन अबधीको लागि (चालु आ/व र आगामी आ/व २ बर्षमा सम्पन्न गर्नूपर्ने)

——————&&&—————-
१)स्थानीयतह गापा /नपा/उपमहानगरको २५-५० बेडको अस्पताल बनाउने ।
२)जिल्ला सदरमुकाममा १००-२०० बेडको शिक्षण अस्पताल बनाउने।
३)महानगरपालिका स्तरमा २००-३०० बेडको शिक्षण अस्पताल बनाउने।
४)प्रदेश स्तरमा अंचल अस्पतालहरू लाई ५००बेडको शिक्षण अस्पताल बनाउने।
५)संघिय स्तरमा १०-१५को संख्यामा आवश्यकता अनुसार १००० बेड शिक्षण अस्पताल बनाउने।
(यसरी देशभरी संघ, प्रदेश र महानगरको मातहतमा रहने गरी १००-१२५ वटा सुबिधा सम्पन्न शिक्षण अस्पतालहरु बनाउने)
यसको लागि प्रारम्भमा निम्न अनुसारको (संघिय वास्केट फन्डिगं) को व्यवस्था गर्नु पर्दछ।

——————&&&&&—————-
१)प्रतिनिधि सभा सदस्य, प्रदेश सभासदहरुको संसदीय बिकास बजेटको रकमान्तर गर्नुपर्छ।
२) प्रदेश र स्थानीय तहको यस आ/व को सम्पूर्ण बिकास बजेटको रकमान्तर गर्नुपर्छ।
३)प्रम,मुख्यमन्त्री, र मंत्रीहरूको १ महिनाको पारिश्रमिक माग गर्ने।
४)प्रतिनिधि सभा र प्रदेश सभा सांसदको १५ दिनको पारिश्रमिक माग गर्ने।
५)अधिकृत भन्दा माथिल्लो तहका सबै सरकारी कर्मचारीहरूको १०दिनको तलव माग गर्ने।
६)अधिकृत भन्दा तल्लो स्तरका कर्मचारीहरू संग ७ दिनको तलव माग गर्ने।
७)निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरू र उधोगी, ब्यबसायीहरु संग अनुरोध गर्ने।
८)संघिय सरकारले यस आ/व देखि नै लागु हुने गरी बिकास बजेटको १०%रकम स्वास्थ्यमा बिनियोजन गर्ने

९)सम्पूर्ण निजी क्षेत्रका शिक्षण अस्पतालहरूलाई राष्ट्रियकरण गर्ने।
१०)शिक्षण अस्पतालमा ५०%नेपालीलाई निःशुल्क तथा ५०%बिदेशीलाइ शुल्क सहित पढाउने व्यवस्था गर्ने।
११)प्रथम चरणमा ५००-१००० महाभ्रष्टाचारीहरूलाई पहिचान गरी महामारीको सकंटमा भ्रष्टाचार गरेको सम्पत्ति बुझाउन आग्रह गर्ने नमानेको खण्डमा फास्ट ट्रयाक मार्फत कार्यवाही गरेर सम्पत्ति राष्ट्रियकरण गर्ने र यस पुनित कार्यमा लगानी गर्ने।
२०७६चैत्र १५ (राती १ बजे)

प्रतिक्रिया दिनुहोस्