अख्तियारका आयुक्तले गरे कोरोना कोषमा १५ दिनको तलब सहयोग



काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम कोषमा अख्तियारका प्रमुख आयुक्तसहित आयुक्तहरुले १५ दिनको तबल उपलब्ध गराउने भएका छन्।

अख्तियारका प्रमुख आयुक्त नबीनकुमार घिमिरे, आयुक्त डा. गणेशराज जोशी र आयुक्त डा. साविरी थापा गुरुङले सुरुको तलब स्केलको १५ दिनको तलब उपलब्ध गराउने अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला जनाएका छन्।

प्रेस विज्ञप्ति

कोरोना भाइरस सँक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आयोगको तर्फबाट रकम जम्मा गर्ने सम्बन्धमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।१५ गते । 
——————————————– 
कोरोनाभाईरस (कोभिड-१९) को विश्व महामारीको वर्तमान अवस्थामा कोरोना सँक्रमणको रोकथाम, नियन्त्रण र उपचारको लागि सहयोग पुर्याउन आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरे, माननीय आयुक्त डा. गणेशराज जोशी र माननीय आयुक्त डा. सावित्री थापा गुरुङ बाट आफ्नो शुरु तलव स्केलको १५ दिनको रकम नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सँक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने निर्णय भएको छ तथा आयोगमा कार्यरत सचिव लगायतका कर्मचारीहरुको हकमा नेपाल सकार सचिब वैठकको मिति २०७६ चैत्र ११ को निर्णय बमोजिम दिनको तलव रकम उक्त कोषमा जम्मा गरिने छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

प्रतिक्रिया दिनुहोस्