लकडाउनकै अवधिमा रौतहटमा बालिका बलात्कृत,मुद्दा दर्ता



रौतहट– सरकारले गरेको एकहप्ते लकडाउनको अवधिमै रौतहट स्थित एकजना बालिका बलात्कृत भएकी छन् ।

स्थानिय कटहरिया नगरपालिका वडा ७ बगहीगाँउ स्थित एकजना १७ बर्षिया बालिकालाई २८ बर्षिय पुरुषले बलात्कार गरेको भन्दै मुद्दा दर्ता गरिएको छ ।

पिडितले घटनाबारे बाबुु आमालाई बताए पछी घटना प्रकासमा आएको हो । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले भाग्यनारायण साह माथी जबरदस्ती करणी मुदादर्ता भएको बताएका हुन्। स्थानिय भाग्यनारायण साहले दुुईदिन अघिमात्र एकजना छिमेकीको छोरीलाई केही काम छ भनी आफनो घरमा बोलाएका रहेछन।

घरका महिला र अन्य सदस्य खेतमा काम गर्नगएको मौका छोपी भाग्यनारायण साहले दिउसै ढोका थुनेर बलात्कार गरेका थिए ।

बलात्कार गरेको भिडिओ बनाएर घटनाबारे कसैलाई भनेमा भिडिओ सामाजिक संजालमा राख्ने आरोपीले पटक पटक धम्की दिदैआएका थिए ।
घटना बारे थप अनुसंधान भईरहेको डिएसपी महतोले बताएका छन् ।

पिडितको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण भईसकेको र आरोपी साहको खोजी भईरहेको महतोले बताए ।बालिकालाई बलात्कार गरेको घटनाबारे पिडितले आफना बाबु आमालाई भने लगतै आरोपी फरार भएका छन्।

आरोपी भाग्य नारायण साह माथी कडा कार्यवाही हुनुुपर्ने स्थानीयहरुको माग छ।

प्रतिक्रिया दिनुहोस्