वीरगन्ज महानगरपालिमा विषादी छर्ने अभियान शुरु



वीरगन्ज– वीरगन्ज महानगरपालिकाले महानगरक्षेत्रमा विषादी छर्ने काम शुरु गरेको छ । कोरोना भाइरस (कोभिड १९) लगायत अन्यरोगको संक्रमणबाट जोगिनको लागि महानगरपालिकाले नगरको विभिन्न क्षेत्रमा विषादी छर्ने काम शुरु गरेको हो ।

‘स्टेवल ब्लीचिङ्ग’ नामक किटनाशक विषादी महानगरले नगरभित्र छरीरहेको छ । नारायणी अस्पताल लगायत नगरको विभिन्न वडाहरुमा शनिबार महानगरको मिनी वारुण यन्त्रको प्रयोग गरी यो औषधी छरिएको छ । आज विहान देखि नगरको वडा नम्बर १,२,३ र ४ मा छेर्न काम भईरहेको सरसफाईका शाखाका प्रमुख सरफुर्दिन हवारीले बताए ।

‘स्टेवल ब्लीचिङ्ग’ नामक विषादीले लार्भा, लामखुट्टे, झिंगा लगायत स—साना किराफ्याङ्गा नष्ट हुने छ । प्रतिदश लिटरमा १६ ग्राम मात्र यो औषधीको प्रयोग गरिएको छ ।

२ सय लिटर क्षमता भएको मिनी वारुण यन्त्रमा ३ किलो २४ ग्राम, ४ हजार लिटर पानी हट्ने क्षमता भएको ठूलो वारुण यन्त्रमा ४ किलो चार सय ग्राम विषादी प्रयोग गरेर नगरक्षेत्रमा छरिने काम भईरहेको उनले बताए । नियमित वडा १ देखि ३२ नम्बरसम्म यो विषादी निरन्तर छरिने काम हुन्छ ।

कोरोनाको संक्रमण रहुन्जेल महानगर क्षेत्रमा पनि यो विषादी छरिने उनले बताए । महानगर प्रमुख बिजयकुमार सरावगीले घण्टाघर, माईस्थान र आर्दशनगर क्षेत्रमा मात्र विषादी छरेको भन्दै समाजिक सन्जालमा कतिपयले आलोचना समेत गरेका थिए ।

समय तालिका अनुसार प्रत्येक दिन प्रत्येक वडाको सम्पूर्ण क्षेत्रमा पूर्ण रुपमा विषादी छरिने काम हुन्छ यसमा कुनैवडासंग काखाँपाखा लगाउँने काम हुदैन्, सरसफाई अधिकृत हवारीले भने, कोरोना भाइरसको संक्रमणले स्थानिय त्रासमय भएका छन हामी आफैं सम्वेदनशिल भएर विषादी छर्नमा लागि परेका छौं ।

प्रतिक्रिया दिनुहोस्