ज्युँदै महिलालार्इ मृत प्रमाणित गरेपछि



चितवन : बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् ।

गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए । 

वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो । मरको मान्छेले कसरी भत्ता पाउने ? वृद्धा बाटुली गाउँमा बिलौना गर्दै हिँड्न थालिन् म त मरिसकेछु । अबदेखि भत्ता पाउन्न रे । 

केही युवाले सोधखोज गर्दा पत्ता लाग्यो बाटुलीको निधन ०७४ सलको पुस १७ गते भएको कागजपत्र वडा कार्यालयमा रहेछ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्