सहुलियतपूर्ण ऋण दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन



काठमाडौं: नेपाल राष्ट्र बैंकले तत्काल सहुलियत ऋण उपलब्ध गराउन बैंकहरुलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय स‌‍‍‍‍‍‌‌‌‌‌‌‌‌स्थाले सहुलियत दरमा ऋण नदिएको भन्दै गुनासो आएपछि तत्काल सहुलियत ऋण उपलब्ध गराउने निर्देशन दिएको हो ।

केही समय अगाडिमात्रै  राष्ट्र बैंकले कार्यविधि नै बनाएर सहुलियत दरको ऋण दिने व्यवस्था मिलाएको थियो। तर, बैंकहरुले राष्ट्र बैंकले जारी गरेको कार्यविधि कार्यन्वयनमा आनाकानी गरिरहेका थिए। गुनासो आउने क्रम बढेसँगै राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै तत्काल सबै शाखाबाट सहुलियत दरको ऋण दिने व्यवस्था मिलाउन बैंक तथा वित्तीयसँस्थाहरुलाई निर्देशन दिएको हो।

सरकारले चालू आर्थिक वर्षको बजेटमा व्यवस्था भएअनुसार शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्प पीडितहरुको निजी घर निर्माण र व्यावसायिक कृषि तथा पशुपञ्छी पालनमा सहुलित दरमा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्थाको गरेको थियो।  

राष्ट्र बैंकले  ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ समेत स्वीकृत गरेको थियो। स्वीकृति कार्यविधि कार्यन्वयनका लार्गि  राष्ट्र बैंकले २०७५ असोजमा बैंकहरुलाई निर्देशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्