विश्व बैंकले कोरोनाको महामारी रोकथामका लागि तीन अर्ब रुपैयाँ ऋण दिने



काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि विश्व बैंकले नेपाललाई तीन अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ।

स्वास्थ्य मन्त्रायलका अनुसार कोरोनाको संक्रमण देखिएका अन्य देशहरुलाई पनि ऋण उपलब्ध गराउँदै आएको विश्व बैंकले नेपाललाई पनि ऋण उपलब्ध गराउन लागेको हो।

स्वास्थ्य मन्त्रालयले उक्त रकम कोरोना भाइरसको जाँचमा आवश्यक पर्ने सामग्रीहरु व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), पञ्जा, मास्क, टेस्ट किट लगायतमा खर्च गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्