भिजिट मधेशका संयोजक सर्राफ कोरोनाको संक्रमणबाट जोगिने अभियानमा जुटे



वीरगन्ज– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन विभिन्न समाजिक अभियान्ता स्थानियको घर घरमा पुगेर कोरोनाको संक्रमणबाट बच्नको लागि सचेतना जगाउँने काम गरिरहेको छ ।

समाजिक अभियान्ता एवं भिजिट मधेशका संयोजक ओमप्रकाश सर्राफले पनि विभिन्न समूह बनाउन सरकारले लागु गरेको ‘लकडाउन’ को निर्देशनलाई पालना गर्दै स्थानीयको घर घरमा पुगेर कोरोना सम्बन्धी जनचेतना जगाउने काम गरिरहेका छन ।

चारवटा समूहमा विभाजन गरिएको समाजिक युवाहरुको समूहले नगरको विभिन्न भागमा अभियानलाई निरन्तता दिइरहेका छन । हात हातमा सेनेटाईजर र मास्क लिएर महानगरको वडा वडामा रहेको अति विपन्न र पिछिडिएका समुदाय कहाँ पुगेर कोरोना सम्बन्धी सचेतना जगाउँने काम गरीरहेका हुन ।

कोरोनाको संक्रमण सावधानी नअपनाए सजह रुपमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले भिडभाड गर्नु हुदैन, स्थानियलाई सम्झाउँदै संयोजक सर्राफले बोकेको साबुन, सेनेटाईजर र माक्स उपलब्ध गराउँदै हातधुने विधिबारे बताउँदै गराउँदै नियमित माक्स प्रयोग गर्न सुझाए ।

सरकारले लागु गरेको ‘लकडाउन’ ले गर्दा अतिआवश्यक बाहेक सम्पूर्ण सेवा पूर्णरुपमा ठप्प भएको छ । सर्वसाधारणबाट घरबाहिर निस्कन पाईएको छैन् । बजारमा भिडभाड हुने भएकोले घरबाहिर निस्कन दिएको छैन । सडकमा प्रहरी बाहेक कोहि पनि दिएको छैन ।

‘लकडाउन’ को प्रभाव सम्पन्न ब्यक्तिमा खासै नपरेपनि दैनिक आयअर्जन गरी जिविका चलाउँनेलाई भने असर पर्न थालेको छ । अन्य आधारभुत आवश्यकताहरु लाई थाती राख्ने हो भने, कोरोनाको जोखिमका बेला पिछडिएका समुदायलाई मास्कको अभावमा संक्रमणको जोखिम उच्च रहेकोले मास्क, सेनेटाईजर र नियमित हातधुन साबुन उपलब्ध गराएको उनले बताए ।

समूहले संक्रमणबाट जोगिने उपाय बारे सचेतना पनि जगाउँने काम गरीरहेका छौं उनले भने, शनिबार वीरगन्जको वडा नम्बर ५, १५ र १६ मा रहेको अति पिछिडिएका दलित बस्तीहरुमा कोरोना सम्बन्धी सचेतना तथा ‘लकडाउन’ बोला पालना गर्नुपर्ने नियमबारे जानकारी समेत गराईएको थियो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका थुनुवाहरुको प्रयोगको लागि ६० पिस मास्क उपलब्ध गराएको छ । प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविभुषण यादवलाई थुनुवाहरुको प्रयोगका लागि माक्स उपलब्ध गराईएको संयोजक सर्राफले बताए । हाल सम्म ४ हजार भन्दा बढी माक्स वितरण गरीसकेको उनले बताए ।

विभिन्न टोलको लागि समाजिक युवा संजय पटेल, किशन सर्राफ, रन्जित पटेल र शेख मुन्नाको समूहमा बनाईएको टोलीले महानगरमा बाँकी रहेको टोलका पिछिडिएकालाई माक्स, सेनेटाईजर र साबुन वितरण कार्यक्रम जारी नै राख्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्