‘शितल चौतारी’मा ज्ञान र रक्षाको माया प्रेम



काठमाडौं : ज्ञान घिसिङ र दिपा लामाको स्वरमा नयाँ गीत ‘शितल चौतारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा घिसिङकै शब्द र ओम सुनारको संगीत रहेको छ । म्युजिक भिडियोमा गायक घिसिङ र रक्षा श्रेष्ठ फिचर्ड छन् ।

अजय रेग्मीले छायांकन गरेको भिडियोलाई पवन सुवेदीले सम्पादन गरेका हुन् । गीतमा सागर लामा ‘गोले’ र माधव श्रेष्ठले भिडियो कोरियोग्राफी गरेका हुन् । शिव बिकको निर्देशनमा म्युजिक भिडियो तयार भएको छ । अमेरिकामा रहेका गायक घिसिङले हालै मात्र राजधानीमा एक कार्यक्रम गरेर आफ्नो पहिलो डेब्यु एल्वम ‘सम्भव’ सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्