कोरोना कहर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुर्सी धरापमै परेको हो त ?



एन्थनी जर्चर/बिबिसी अमेरिकी संवाददाता

एजेन्सी : कोरोना भाइरसको संकटका कारण अमेरिकामा बेरोजगारीको संख्या अचानक बढ्न थालेको छ । अमेरिकामा पछिल्ला केही हप्तामा नै तीस लाख भन्दा बढी व्यक्तिहरुले आफूलाई बेरोजगारीको सूचीमा सूचीकृत गराएका छन् ।

अमेरिकाको श्रम विभागको तथ्याकंले सबैलाई आश्चर्यमा पारेको छ किनकी यसअघि यति ठूलो संख्यामा बेरोजगारी कहिल्यै पनि बढेको थिएन । यसअघि यति ठूलो संख्यामा मानिसहरुले बेरोजगारी भत्ता र अन्य सूविधाको लागि कहिल्यै पनि आवेदन दिएका थिएनन् ।

सरकारले लकडाउनको घोषणा गर्दा यसले अस्थायीरूपमा कारोबारमात्र बन्द गरेको छैन। लकडाउनका कारण लाखौं अमेरिकी नागरिकले रोजगारी गुमाएका छन्। यसमध्ये कोही त घण्टाका हिसाबले काम गरेको पारिश्रमिक लिनेवाला पनि थिए। उनीहरूसँग केही पनि बचत नभएको बताइएको छ।

सेयर बजार तीव्र गतिमा ओरालो लागेको छ। बिहीबार अमेरिकी संसद्ले हालसम्मकै सबैभन्दा धेरै ठूलो आर्थिक साहयता प्याकेज घोषणा गरेको छ। अब हेर्ने बाँकी छ कि, यो ‘मल्टि–ट्रिलियन’ डलरको आर्थिक साहयताले यो अवस्था सम्हाल्न सक्छ कि सक्दैन।

पछिल्लो समय धेरै अमेरिकी नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना संक्रमितको संख्या बढेसँगै त्यहाँको अर्थव्यवस्था पनि बिरामी भइरहेको छ। यसले लाखौं नागरिकको जीवन प्रभावित बनाउनेछ।

बिरामी अर्थव्यवस्था

अमेरिकामा कोरोनाको महामारी फैलदै जाँदा त्यहाको संसद्जस्तै ह्वाइट हाउसले पनि आउनसक्ने आर्थिक सुनामीलाई नजर लगाइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्तामात्र सबै कारोबार खुला गर्न आफू उत्सुक रहेको बताएका थिए। यसपटक उनले अघिल्लो सन्देशभन्दा फरक सन्देश दिएका थिए। उनले कोरोना भाइरस रोक्नका लागि हरसम्भव प्रयास गरिने बताएका थिए।

तर, ट्रम्पको राजनीतिक वास्तविकता यो हो की कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ। सँगै अमेरिकी अर्थव्यवस्थामा पनि गहिरो मन्दी छाइरहेको छ। यी दुई कारण आगामी राष्ट्रपति निर्वाचन ट्रम्पका लागि समस्या बन्न सक्नेतर्फ चर्चा हुन थालेको छ।

हुन त यो महामारी प्राकृतिक भए पनि निर्वाचनको पहिलो वर्षको सुरुवातमै अमेरिकामा आर्थिक संकट पैदा हुँदा पुन राष्ट्रपतिको उम्मेदवारको आकांक्षी रहेको ट्रम्पका लागि गम्भीर खतरा हुनसक्छ।

जब समय खराब हुन्छ, त्यस समय आर्थिक संकटले दोस्रो चिन्ताबाट ध्यान हटाइदिन्छ। अमेरिकी नागरिकका लागि कोरोनाभन्दा पनि रोजीरोटीको समस्या विकराल बन्न थालेको विश्लेषण पनि गरिएको छ।

राष्ट्रपति ट्रम्पका लागि केही व्यक्तिले समर्थन पनि बढाइरहेका छन्। यो यसकारण पनि हुनसक्छ कि बाहिरी खतरासँग जुध्नका लागि अमेरिकी नागरिक मुस्किलको सामना गर्न तयार छन्। जबकि सन् १९९० को खाडी युद्ध तथा सेप्टेम्बर ११ को हमलामा अमेरिकी राष्ट्रपतिलाई यससँग लड्न समर्थन मिलेको थियो। तर, लामो समयसम्म कायम रहेको संकटका कारण अर्थव्यवस्थामा प्रभाव पर्दा समर्थन कम हुँदै गएको थियो।

राजनीतिक भविष्य तय गर्ने समर्थन

वर्ल्ड ट्रेड सेन्टर र इराक युद्धको समय तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसलाई प्राप्त समर्थन निर्वाचनसम्म कायम रहेको थियो। जसका कारण उनले निर्वाचन पुनः जितेका थिए। तर उनका बुबा जर्ज एचडब्लु बुस भने यस मामलामा भाग्यशाली ठहरिएनन्। किनकि खाडी युद्धपछि प्राप्त समर्थन तत्काल कम भएको थियो।

अन्य कन्जर्भेटिभ पार्टीहरूले पनि ट्रम्पको देशबाट काममा फर्कने आह्वान दोहोर्‍याएका छन्। उनीहरू अझ खुलमखुल्ला बोलेका छन् कि( जनताको ज्यान बचाउन यस्तो कडा कदम चाल्नु ठीक होइन, किनकि यसले आम जनताको आर्थिक समस्या बढाउँदैछ।

आउँदो दिनमा राष्ट्रपति ट्रम्पले यस विषयमा धेरै राज्यपाल, रिपब्लिकन र डेमोक्र्याटहरूसँग मतभिन्नता राख्न सक्छन्, जसले राज्यको नियन्त्रण राख्छन् र उनीहरू जनताबाट प्रतिबन्ध घटाउने पक्षमा हुँदैनन्।

यद्यपि यस तरिकाले ट्रम्पले आर्थिक संकटको केही जिम्मेवार यी राज्यका नेताहरूमाथि राख्ने मौका पाउने छ। यो पनि सम्भव छ कि ट्रम्पलाई समर्थन गर्ने केही गभर्नरहरूले राष्ट्रपतिको कुरालाई स्वीकार्ने छ, जसले देशमा एक प्रकारको विभाजन निम्त्याउँछ।

केहीदिन अघि मिसिसिपीका गभर्नरले अधिकांश व्यवसायहरू सामाजिक दूरी कायम राखेर सञ्चालन हुनुपर्ने धारणा राखेका थिए। उनले सामाजिक दूरी काम गरेर व्यवसाय सञ्चालन गर्न छुट दिनुपर्ने धारणा राखेका थिए।

हालै राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै अमरीकी प्रेसविरुद्ध पनि बोलेका छन्। उनले सबै सञ्चार कारोबार बन्द गर्नुपर्ने र त्यसका लागि दबाब सिर्जना गर्नुपर्ने बताएका थिए।

उनले लेखेका थिए, ‘असली नागरिक छिटोभन्दा छिटो काममा फर्किन चाहन्छन्।’

यो ट्वीट राष्ट्रपति ट्रम्पको दिमागमा आगामी निर्वाचनको अभियान तीव्र गतिमा घुमिरहेको संकेतको रुपमा अर्थ लगाइएको छ। प्रतिद्वन्द्वीहरूले पहिले भाइरसलाई नियन्त्रण गर्ने राष्ट्रपति ट्रम्पको तरिकाप्रति विरोध जनाएका थिए।

‘प्राइरिटी युएसए एक्सन’ भन्ने लिबरल समूहले एउटा विज्ञापन चलाइरहेको छ जसले संयुक्त राज्य अमेरिकामा ट्रम्पको अडियोको साथ बढेको कोरोना केसहरूको चार्ट देखाउँदछ। जसमा ट्रम्पले सुरुमा कोरोनाको जोखिम नरहेको दाबी गरेका थिए।

आर्थिक संकट सुरु

ट्रम्पको चुनाव अभियानको टोलीले यो विज्ञापन रोक्नको लागि सूचना दिएको छ। उनीहरूले ‘यसले ट्रम्पको भनाइ गलत प्रसङ्गमा प्रयोग गरिएको छ।’ राष्ट्रपतिले सुरुवाती दिनमा कोरोनालाई हल्कारूपमा लिएको धेरै प्रमाणहरू छन्।

राष्ट्रपतिले अब अवस्थित विज्ञापन हटाउन सक्छन्। तर, यदि चिकित्सा र वित्तीय कठिनाइ बढ्दै गएमा आगामी दिनमा त्यस्ता थप विज्ञापनहरू दिइनेछ।

३० लाख अमेरिकीहरू बेरोजगार छन्, उनीहरू कठिन समयमा गुज्रिरहेका छन्। यी सबैसँग ट्रम्पको कुर्सी हल्लाउने शक्ति छ।

बिहीबार घोषणा गरिएको संसदको सहयोगको प्याकेज जनताको आर्थिक कठिनाई कम गर्ने उद्देश्यका साथ ल्याइएको छ। तर, बिहीबार देखाइएको बेरोजगारको तथ्याङ्क आर्थिक संकटको सुरुवात मात्र हो। यो संकट पार गर्न सहयोग प्याकेज अपर्याप्त हुनेछ। यस्तो देखिन्छ कि राष्ट्रपतिले यसलाई बुझेका छन्।

प्रतिक्रिया दिनुहोस्