कोरोना आंशकामा आइसोलेसन वार्डमा भर्ना भएका विरामी भागे



उदयपुर : उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा कोरोनाभाइरस (कोभिड–१९)को आशंकामा भर्ना भएका एक जना बिरामी भनगेका छन् ।

चैत १२ गते भारतको सिलगुढी हुँदै कटारी आएका ताप्लि गाउँपालिकाका ३८ वर्षीय कृतिमान मगराती आज (शनिबार) आइसोलेसन वार्डबाट भोगेका हुन् ।

उनको स्वास्थ्य परीक्षण गर्दा ९९ डिग्री ज्वरो आएका मगरातीलाई चैत १२ गतेनै अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको अस्पतालका सूचना अधिकारी इसराइल राइनले बताए ।

प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले मगरातीसँगै आएक अन्य २० जनालाई नेपाली सेनाको १८ बाहिनी अन्तर्गतको रणशार्दुल गण बेलस्रोत सुरक्षा वेस क्याम्पको क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्