चीनले दिएको स्वास्थ्य सामग्री बोकेर काठमाडौं आइपुग्यो नेपाल एयरलाइन्सको जहाज



काठमाडौं : चीनबाट कोरोनाभाइरस (कोभिड–१९) परीक्षणका लागि चाहिँने अतिआवश्यक सामग्री लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल आइपुगेको छ ।

आज (शनिबार) चीनको गोन्जाओ प्रस्थान गरेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज (आइतबार) कोरोनाविरुद्धको अभियानका लागि अत्यावश्यक सामग्री लिएर काठमाडौं आइपुगेको हो ।

सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले प्रदान गरेको पिपिईसहितका अत्यावश्यक सामग्री रहेको छ ।

सो विमानमा कोभिड–१९ परीक्षणका लागि ज्याकमा फाउन्डेसन र अलिबाबाले सहयोग स्वरुप प्रदान गरेका अतिआवश्यक किट्स, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन–९५ मास्क, औषधि, प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयू शय्या र अन्य मेडिकल उपकरण ल्याइएको छ ।

नेपाल एयरलाइन्सको विमानबाट १२.६६ टन चिकित्सा सामग्री नेपाल ल्याइएको हो । अरु राज्यले प्रदान गरेका सहयोगहरु पनि आउने क्रम जारी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्